वडा अध्यक्ष मानन्धर सम्मानित


सुर्खेत, १९ जेठ । वीरेन्द्रनगर नगरपालीका वडा नं.०९ का वडा अध्यक्षलाई आज(शनिवार) शिब बिहार बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

शनिवार(आज) शिब बिहार बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका बिच वीरेन्द्रनगर नगरपालीका वडा नं.०९ का सुरेश मानन्धरलाई सम्मान गरेको हो । ।

मानन्धर २०७४ सालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा वीरेन्द्रनगर नगरपालीका वडा नं.०९मा १३८५ मत ल्याएर नेपाली कांग्रेस पार्टीको तर्फबाट बिजयी भएका थिए भने उक्त स्थानिय निर्वाचनमा मानन्धर लगाएत अन्य ३ सदस्य सिट नेपाली काग्रेंसले नै आएको थियो साथै मानन्धरले आफ्नो प्रतिद्वन्दीलाई १३८ मतको फरकमा जित हासिल गरेका थिए ।
मानन्धर शिब बिहार बचत तथा ऋण सहकारी संस्थाका लिमिटेडका कार्य समिती सदस्य समेत रहेका छन् ।

कार्यक्रमा आर्थिक बर्ष २०७४–२०७५ सालमा उत्कृष्ट बचतकार्ताको रुपमा सदस्य हरि श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।