मौसम कुमार
फागुन २३, दैलेख ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले दैलेखमा रहेकोे पेट्रोलियम पदार्थलाई उत्खनन् गरी विकशित प्रदेश बनाउने कार्यलाई प्राथमिकतामा राखेको दाबि गर्नु भएको छ । सरकार विस्तार सगैँ मन्त्री भएयता पहिलो पटक दैलेख भ्रमणमा आएका मन्त्री भण्डारीले कर्णाली प्रदेशमा रहेका प्राकृतिक र पर्यटकिय स्रोत साधनको खोजी तथा निर्माण कार्य अव तिब्र गतिमा हुने बताउनु भएको छ ।
कर्णाली प्रदेशलाई देशकै नमूना प्रदेश बनाउन प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याउने र कर्णाली प्रदेशको पहिचान बदल्न सरकार अघि सरेको कुरा जानकारी दिनुभयो । अर्काे प्रशंगमा मन्त्री भण्डारीले देशमा ग्यास र पेट्रोलको हाहाकार भैरहेको वेलामा दैलेखमा रहेको ग्याँस र पेट्रोलियम पदार्थको उत्खनन्को लागि सरकारमा पहल गर्ने विस्वास दिलाउँदै मन्त्री भण्डारीले शान्ति सुरक्षाको ग्यारेन्टीका लागि कानून मन्त्रालयले ४० वुदे पत्र जारी गरिसकेको स्मरण गराउनु भयो । मन्त्री भण्डारीले माथिल्लो कर्णाली आयोजनामा सुरक्षाको कमि नदेखाई निर्माणको जिम्मा पाएको जि.एम.आर. कम्पनी भाग्न नहुनेमा समेत जोडदिनुभयो ।
जिल्लाका भएका विभिन्न मागहरु राख्दै दैलेख जिल्ला समन्वय समितिले मन्त्रि भण्डारी समक्ष ज्ञापन पत्र पनि वुझाएको थियो । उक्त कार्यक्रमलााई सम्वोधन गर्दै प्रदेश प्रहरी प्रमुख रणबहादुर चन्दले प्रदेशमा रहेका प्रहरी संगठनहरुको बारेमा जानकारी दिनुभभएको थियो ।



Milan Shrestha । २३ फाल्गुन २०७४, बुधबार ०४:३८ बजे