१८ श्रावण, सुर्खेत । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले यही श्रावण २४ गते २५ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाउनकालागि पञ्चसिं राेकाय खाम्पाकाे संयाेजकत्वमा ५०१ सदस्यीय मूल आयाेजक गठन गरेको छ ।
दिवसलाई भव्य र सभ्य बनाउनकालागि विभिन्न उपसमितिहरु गठन गरिएको महासंघले जनाएको छ ।
मञ्च व्यवस्थापन उपसमिती संयाेजकमा दुर्गबहादुर चाैधरी, र्र्याली व्यवस्थापन उपसमिती संयाेजकमा डिलबहादुर बंशीमगर, साँस्कृतिक व्यवस्थापन उपसमिती संयोजकमा जनक तारमी मगर, स्वयम् सेवा उपसमिती खड्ग तारमीमगर, प्रचार प्रसार उपसमिती फाेनिज सुर्खेतका अध्यक्ष प्रवाशकुमार शाक्य, रक्तदान कार्यक्रम उपसमितीमा संयाेजकमा डम्मर गरन्जामगर र आर्थिक उपसमिती संयाेजकमा लक्ष्मी तामाङ्गलाई चयन गरिएको महासंघ अध्यक्ष पञ्चसिं रोकायले जानकारी दिनुुभयो ।
साथै महासंघले दिवसकै अवसर पारेर श्रावण २३ गते विहान ८ बजे देखि स्थानीय मंगलगढी चौकमा रक्तदान गर्ने र २४ गते मंगलगढी चौकबाट नै विहान ११ बजे निकालिने र्र्यालीले बजार परिक्रमा गर्दै खुला मञ्चमा दिवस मनाउने कार्यक्रम गर्ने अध्यक्ष रोकायले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘याे दिवस आन्दाेलनकाे निरन्तर कार्यक्रमकाे रूपमा हामीले लिईएकाे छौ ।’



Milan Shrestha । १८ श्रावण २०७६, शनिबार २०:५५ बजे