
सुर्खेत,१९ जेठ। शिब बिहार बचत तथा ऋण सहारी संस्था लिमिटेड वीरेन्द्रनगर नं.०९ सुर्खेतले आज (शनिवार) आयोजना गरेको १ दिने सहकारी शिक्षा तालिममा तालिमका सभापति एवंम् संस्थाका अध्यक्ष राजन प्रकाश शाक्यले निती र नियम भन्दा माथी कोहि पनि हुदैन कुरा औल्याएका हुन् ।
सहकारीको मूल्य, मान्यता र सिद्धान्त सहित सहकारीको महत्वको बारेमा सहकारीका शेयर सदस्यहरुलाई शिक्षा दिन आयोजना गरेको तालिममा शाक्यले उक्त कुरालाई जोड दिदै निती र नियम भन्दा माथी न आफु रहेको र न अन्य संचालक समिती पदाधिकारीहरु रहने बताए । शाक्यले सहकारी संस्था सबैको साझा फुलबारी हो, जसमा सम्पूर्ण शेयर धनिहरुको समान हक र अधिकार रहने भएको हुदा संस्थाको प्रगती प्रती सम्पूर्ण सदस्यहरुको लगाव महत्वपूर्ण रहेको बताए ।
सहकारी संस्थाको शिक्षा उपसमितीका संयोजक बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य सहित सहकारीले आयोजना गरेको १ दिने सहकारी शिक्षाका बिषयमा जानकारी दिनुका साथै विभिन्न उद्धेश्य परिपूर्ति गर्नका लागी सहकारी संस्थाबाट परिचालन गरिएका कर्जालाई सहकारीका सदस्यहरुले सहि परिचालन नगरि अन्यत्र लगानी गर्ने प्रबृद्धि रहेकाले उक्त परिपातीलाई रोक्नका लागी सहकारी शिक्षा तालिमको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा संचालक समितीका कोषाध्यक्ष प्रवेशमान मानन्धर, विभिन्न समितीका सदस्यहरु , संस्थाका प्रबन्धक लवमान श्रेष्ठ लगाएत विभिन्न स्थानबाट कम्तिमा १५ जना पुरुष र २८ महिला गरी ४३ जनाको उपस्थित रहेको सहकारी शिक्षा तालिमको सहजीकरण प्रशिक्षक सुरेन्द्रबहादुर शाही र मिलन श्रेष्ठले गरेका थिए ।
सहकारीका सचिव शुभाष श्रेष्ठले सहजीकरण गरेको १ दिने सहकारी शिक्षा तालिमको आयोजना शिब बिहार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले गरेको थियो ।



Milan Shrestha । १९ जेष्ठ २०७५, शनिबार १५:०८ बजे