डा. केसीको स्वास्थ्य अबस्था थप गम्भिर बन्न नदिन नयाँ शक्ति पार्टीको आग्रह(बिज्ञप्ति सहित)


असार २४, सुर्खेत ।

बिगत ७ दिन देखि अनसनरत डा. गोबिन्द केसीका माग सम्बोधन गर्न नयाँ शक्ति पार्टी नेपाल जुम्लाले बिज्ञप्ति मार्फत सरकारलाई आग्रह गरेको छ ।

७ बुदे माग राखी जुम्लामा अनसनरत डा. केसीको स्वास्थ्य अबस्था गम्भिर भएको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै स्वास्थ्य थप गम्भिर बन्न नदिन थप उपचारको माग गरीएको छ ।

जिल्ला इन्चार्ज नरेन्द्रनाथ योगीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा डा. केसीका जायज माग प्रति ऐक्यबद्धता समेत जाहेर गरीएको छ ।