रक्तदान कार्यक्रम सम्पन्न, कार्की र शाक्य सम्मानित


३ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मदन भण्डारी स्पोर्टस ऐकेडेमी सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगर बजारको पिपल चौतारीमा रक्तदान एवं सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा गत मंसीर २२ गते भारतको महाराष्ट्र राज्यको अमरावतीमा भएको अन्तराष्ट्रिय पावर लिफ्टिङ वल्ड कप–२०२० मा २ स्वर्ण पदक विजेता सुर्खेती चेली श्रुती कार्कीलाई र कर्णाली प्रदेशमा सर्वाधिक ६८औं पटक रक्तदान गरेर मानवजीवन बचाउन लागि पर्नुहुने प्रवाश कुमार शाक्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्पोर्टस क्लबका कर्णाली प्रदेशका सचिव कुलमणी देवकोटाले आजको दिनमा नेपाल २ स्वर्ण दिलाउने खेलाडी श्रुती कार्की कर्णाली प्रदेश मै सर्वाधिक रक्तदान गर्नुहुने प्रवाश कुमार शाक्यलाई सम्मानित गर्न पाउँदा आफु निक्कै खुशी भएको बताउनुभयो । उहाँले भन्नुभयो “शाक्य जीको रक्तदानको प्रेरणाले सबै यूवाहरु रक्तदानमा होमिन जरुरी छ ।”

३६ जना रक्तदाताले रक्तदान गर्नुभएको कार्यक्रम ऐकेडेमी सुर्खेतका अध्यक्ष सुरज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।