
प्रजातन्त्र र लोकतन्त्रको निर्बिकल्पका रुपमा रहेको एक मात्र दल नेपाली काग्रेस हो । नेपालमा राजनितिक रुपमा रहेका अनेका मुद्धामा आफुलाई अग्रभागमै राखेको काग्रेसले जन्मदेखी नै लोकतन्त्रका मुलभुत सिद्धान्तको ओकलत गरी नै राख्यो । जनताको खोसिएका अधिकारका लागि कहीले राणा, कहीले पञ्चायत कहीले राजा सँग पौठेजोरी खेलीनै राख्यो र यि मुद्धामा आफु अग्रभागमा मात्र रहेन यि मुद्धाको सोचबिचार सहीत सफल किनारा पनि लगायो । स्थापना पछि बि.सं.२००६ सालमा सशतm भएको नेपाली काग्रेसले १ बर्ष पछि नै १०४ बर्ष जडो गाडेर बसेको राणाको जुग नै अन्त्य गरीदियो । जनताको भरोसा र एक मात्र आस्था बन्दै आएको नेपाली काग्रेसले पहलिोपटक नेवाली जनतालाई प्रजातन्त्रको स्वाद चखायो र सोको अभ्यास पनि गरायो । जसअनुसार २०१५ सालमा आम निर्बान भइ जननिर्बाचित प्रधानमन्त्रीका रुपमा महामानव बि.पि.कोइराला आउनुभयो । काग्रेसको जनलहरबाट अत्तालिएका राजाहरुले प्रधानमन्त्री बि.पि.कोइरालाई १८ महिना केशब खड्का नपुग्दै कु गरी जेल चलान गरीदियो र अर्को राजनितिक बिषमता खडा भयो । कांग्रेसको अर्को लडाई निर्दलकी बहुदल भन्नेमा केन्द्रित रहयो । राजाहरुले बहुदलको सशतm खिलापमा थिए भने कांग्रेसको जनताको साथ लिई बहुदलको वकालतमा थियो । काग्रेसको यो शक्तीसामु पनि राजा र पञ्चेहरु नाकामी भए र जनमत संग्रंह गराउन बाध्य भए । जनतमत संग्रहमा बहुदलीय ब्यबस्थाको जित भो जसको शुत्रपात नेपाली काग्रेस नै थियो । स्मरणीय छ त्यतिबेला अहिलेका कम्युनिष्टहरु राजाका समिप थिए र राजाले जे भन्यो त्यही सदर गर्थे ।
यसरी बिभिन्न सफल इतिहास बोकेको प्रजातन्त्रको जननी काग्रेसको अग्रनि भुमिका यो पछिल्नो पुस्ताले पनि देख्न पायो । ०६२,०६३ को आन्दोलन, शान्ति प्रक्रिया, संबिधान निर्माण र संसबधान अनुसारको तिनै तहका सफल निर्बाचन सहीतको संबिधान कार्यन्वयनको शुरुवात यसका ज्वलन्त उदाहरण हुन् । केही शताब्दी अघि नेपाली समाजमा एउटा कुरुप गालि नै थियो घरमा काग्रेस पसोस । यो त्यो बेलाको समाजको ठुलो गाली थियो । जसको अर्थ समाजमा वा घरमा कुरीती भए, भेदभाव भए, नराम्रा गतिबिधि भए काग्रेसका कार्यकर्ता आउछन र दण्डीत गर्छन भन्ने छाप नेपाली समाजमा थियो । र त्यतिबेलाको समाजले नेपाली काग्रेसलाई स्वतन्त्रताको जननी मात्र हैन सामाजिक न्यायको मुर्ती पनि मान्थ्यो । काग्रेस प्रति अटल मात्र होइन अजम्बरी बिश्वास आम जनतामा थियो ।
नेपाली काग्रेसको अर्को सवल र बृहत पक्ष यसको सिद्धान्त पनि हो । नेपाली काग्रेसले अंगिकार गरेको सिदान्त नेपाल सापेक्ष र समाज सापेक्ष छ । कुनै बेदेशि चिन्तकको, साधकको बिचारलाई उल्टोपाल्टो पारेर नेपाली सामजलाई त्यही सरहको बनाउछु भन्ने ध्येय नेपाली काग्रेसले राखेन । महामानव बि.पि कोइरालाले नेपाली समाज बुझेर र नेपाल जानेर प्रतिपादन गर्नुभएको राष्टीयता, लोकतन्त्र र समाजवाद वास्तवमा नेपालीकै लवज र जीवन पद्धती थियो ।
सिद्धान्त र इतिहास यति चाख लाख्दो र स्मार्ट भएको दलको कार्यशैलि, कार्यकुशलता र कार्यपद्धतिमा आम र बिपक्षको बारम्बार हमाला हुने गर्छ । बिपक्षीले उठाउने गरेको कार्यकुशलताको प्रश्नमा त्यती जाहेजि पन देखीदैन । नेपाली काग्रेसले जब जब सत्ताको बागडोर समाल्न जान्छ ठिक त्यतीबेला नै बिपक्षको चौघेरामा उभिए सरह देखीन्छ । उदाहरणका लागि बि.पि.कोइरालालाई पदच्युत गरी कु गरीनु, २०४८ सालमा सरकार बनाउनु बिपक्षको घेरा र केही सालपछि नै माओवादी युद्ध शुरु हुनु लगायतका उदाहरण र इतिहास हेर्दा यि कुरा मित्थ्या हुन भन्ने बलिया आधारहरु भेट्न सकीन्छ । यद्धपि यि समयमै काग्रेसले लिएका उदार निति र अर्थतन्त्रका कारणले देश यो स्थानमा उभिएको छ । र पनि आम जनताले र कार्यकर्ताले नै लगाउने गरेको कार्यशैलि र कार्यपद्धतिमा भने अनगिन्ती दाग लगाउन सकीने बलिया प्रमाण समान्य नागरीकले समेत ठम्याउने गरी छताछुल्ल देखीन्छन ।
बि.पि कोइरालाको बिचार चिन्तन र उनले कल्पनाका गरेको समाज नबुझि नेता बन्ने परीपाटी काग्रेसमा ब्याप्त भयो । स्वतन्त्रताको यतिधेरै अभ्यास काग्रेसले आफनै पार्टी भित्र गर्यो की जुन अभ्यास संसारका कुनै संगठन र समाजले गरेका छैनन । जसरी बसेपनि हुने, जे खाए पनि हुने, जे बोलेपनि हुने, जे गरेपनि हुने पार्टी नै काग्रेस हो भन्ने आम बुझाई जनमासमा गयो । यो पंतीकार एउटा घटना सम्झन्छ, लगभल ७ बषर््ाअघि एक सरकारी कलेज पढ्दा होस्टेलमा बस्ने एकजना जो नेबिसंघका सदश्य थिए उनलाई चुरोट तथा रक्सी नखाएकाले त नेबिसंघमा बस्न मिल्दैन भनि नेबिसघले संगठनबाट हटायो । पछि तिनै हटाएका ब्यक्तिले नेपालगञ्जमा अखीलबाट स्वबियु सभापती जितेछन् । यस्ता कुरुप उदाहरण हामीले नै नेपाली समाजलाई दिइरहयौ । हामीलाई लगाम लगाउने कोही आएन । हाम्रो स्वतन्त्रतामा धावा बोल्ने कोही भएन हामी हावा खाना उढेको पंक्षि जस्तो भयौं ।
यि बिबिध कारणको भर्याड एकैचोटी ठडियो जब ठुला भनिएको कम्युनिष्ट पार्टी एक भएर चुनावमा गए । जस्को परीणाम इतिहासकै लाजमर्दो हारमा काग्रेस पछिल्नो चुनाबहरुमा बस्नुपर्यो । चुनाब किन हारीयो यस्को जवाफ बडा सजिलो छ ः कम्युनिष्टहरु एक भएर । कारण यतिमात्रै हो त आम कार्यकर्ता र पार्टीमा एकरुपता छैन । बहसहरु चल्दै छन अझै गम्भिर छलफल बहस होलान् । तर प्रश्न आम कार्यकर्ताको एउटै छ की यतिबेला कांग्रेस किन मौन छ ? किन बिभक्त छ ? केही दिन अघिको घटना सम्झन्छु, त्रिचन्द्र कलेजमा काग्रेस भातृ संगठनको दुइ गुटलाइ खुकुरी अभ्यास गराइयो । कुन गुट बलियो हुने भन्ने कुरा कतिजनालाइ छप्काउन सकीन्छ भन्ने संख्यामा मापन गराइयो । दर्जनौ आफनै कार्यकर्तालाई गुटका नाममा आफ्नै साथीबाट खुकुरी हनाइयो । एकजना नेबिसंघका केन्द्रिय नेताले उक्तm घटनाका घाइतेको फोटो राख्दै आक्रोश पोखे । मैले पनि मेरो स्वतन्त्रताको उपयोग गर्दै अब काठमान्डौ बाहीरको नेबिसंघका साथीहरु सैन्य अभ्यासमा जुटौं गुटको राजनिति गर्ने कोठे नेबिसंघलाइ टुडीखेल ल्याएर गोली हान्नु पर्छ भन्दै कमेन्ट गरीदिए । मेरो आक्रोश जस्तै हरेक तल्नो सतहका कार्यकर्तामा अक्रोश, सन्त्रास र द्धुबिधा पैदा छ । जसको निराकण गर्न आम पार्टी तथा संगठन लाग्नुपर्नेमा उल्टो तहमा काम भइरहेको छ । केही समय अघिबाट तरुण दलले बडो संशक्तm तरीकाले कार्यकर्तामा गइरहेको छ । हो यही सबै कार्यकर्ताले चाहेका छन । तरुण महमन्त्री भुपेन्द्रजंग शाहीसँग मैले एकरात गुनासो गरे । हामी किन अरुभन्दा पछि पुग्छौ ? अरुको सिको गरेजस्तो गरी हाम्रो संगठन किन चल्छन ? किन नयाँपन र जनताको सेन्टिमेन्ट सही समयमा लिन सक्दैनौ ? मेरा यि सबै प्रश्नमा समर्थन जनाउदै अब केही गर्ने बताउनुभएको सम्झन्छु । वहाको टिमले अहिले निकै उत्साहीत काम गरीरहेको छ । एकजुट भएर कार्यकर्तालाइ जागरुक वनाउदै छ ।
काग्रेसीहरुको मनोदशा
नेपाली कांग्रेस लाखौं लाख सदश्य रहेको बिशाल संगठन हो । पार्टि, भातृसंगठन, सुभेच्छुक संस्था सहीतको लामो लाइन काग्रेस भित्र छ । संगठन निर्माण र सशतिmकरणको बलियो तरीका घुलमिल र सम्पर्क नै हो । सम्बन्ध बिस्तार र कार्यकर्ताको रेस्पोन्सले संगठनमा ज्यादै ठुलो अर्थ र योगदान राख्छ । तर यहानेर बडो मन अमिलो पारेर लेख्नै पर्छ की पार्टीका केही बाहेक सबै तथा अन्य सबै भातृ र सुभेच्छुक संस्था नेताहरुले यो आबश्यक ठान्दैनन् । केही समय पहिले पुराना नेता पुर्ब सभामुख तारानाथ रानाभाटको एउटा अन्तरबार्ता सम्झिन्छु । वहाँले एउटा गहीरो कुरा गर्नु भएको थियो कि पहिलेको कांग्रेस र अहिलेको कांग्रेसमा के फरक छ भन्दा पहिले सबै कार्यकर्ताले सबै नेता चिन्दथ्यो तर अहिले आफ्नै जिल्लाको नेतालाई जिललाकै आम कार्यकर्ताले चिन्दैन । नेता चुनावको बेला छलाड हानेर आउँछ । उस्ले सम्बन्ध र सम्पर्कमा बिश्वास राख्दैन शतmीको पुजारी वन्ने कुरामा चिन्तीत रहन्छन् नेताहरु । समस्या यही हो कांग्रेसी मनोदशाको । काग्रेसलाई सुभेच्छा राख्ने कर्मचारीको नेता हेरौ, बिधार्थीको नेता हेरौं, गैह्रसरकारी सेक्टर तिर काम गर्ने सिनियरहरु हेरौ यस्तो लाग्छ उनिहरुसग बोल्न हुन्न सम्पर्क र सम्बन्धको कुरा त धेरै परको रह्यो । जब सम्म यो महाराज मनोवृतिले हाम्रा सिनियरहरु पीडित रहीरहन्छ तवसम्म कुनै संगठन न गतिशिल हुने अपेक्षा गर्न सकीन्छ न त सशतm । संगठन बलियो नै बनाउने चाहा सबैले राख्ने हो भने आम कार्यकर्ता र त्यसपछि जनस्तरसँग सम्पर्क, सम्बन्ध र घुलमिल हुन जरुरी छ । जस्को एउटा सानो उदाहरण गुल्मी काग्रेसले शुरु गरेको जनतासँग कांग्रेस कार्यक्रमलाई लिन सकीन्छ । पार्टीका धेरै नेताको प्रबृति र मनोदशा ख्याल नभएपनि खुमबहादुर खडका र पछिल्नो पुस्तामा शंकर भण्डारी संगठन र कार्यकर्तामा गरीने ब्यबहार मलाई खुबै चाख र रुचि भएको बिषय थियो । भेट्न जाने कार्यकर्ता र फोन गर्ने कार्यकर्ताले आफुले भनेको हुनै पर्ने अभिलासा बोकेको हुँदैन । उस्लाई गरीने ब्यबहार र रेपोन्सले ठुलो अर्थ राख्छ । एकचोटी भेटेको मान्छेलाई सधै चिनेकै जसरी ब्यबहार गर्नु, कान्छा, काले उपमा दिएर माया देखाउनु, फोनमा कहील्यै ब्यस्त भएझै नगर्नु मलाई अचम्म लाग्थ्यो खुमबहादुर र शंकर भण्डारीका यि बानी देख्दा र आफुमा उत्प्रेरणामा पनि आउथ्यो त्यस्तै बन्ने । बास्तवमा आम काग्रेसीहरुले खोजेको मनोदशा यही नै हो ।
अबको बाटो के ?
चुनाव सकीएको लामो समय भैसक्यो छ । पार्टीले अहलिेसम्म कार्यकर्ताले थाहा पाउने गरी कुनै ठोस कार्यक्रम ल्याइसकेको छैन । यसै बिचमा बिधान संसोधन तथा सांगठानिक पुनरसंरचनाका कुराहरु प्नि उठीरहेका छन् । पार्टीले आगामी असार पहिलो साता हेटौडामा जिल्ला सभापतिहरुको भेला राखेको छ । उक्तm भेलाले पनि संगठन र बिधानको बारेमा राय तय गर्ने भनिएको छ । जे होस् पछिल्नो समय उठिरहेको बिधान संसोधन नै काग्रेस करेक्सनको टर्निड पोइन्ट हो । अबको समयमा बिपिको चिन्तनलाई जिवन्त राख्न नयाँ ब्यबस्था र नया स्वरुपमा जानै पर्छ । ब्यबस्था नयाँ, प्रणाली नया तर त्यो ब्यबस्था र प्रणाली ल्याउन अनेक संघर्ष गरेको दल चाही पुरानो प्रारुप अंगालेर कतै पुग्न सक्दैन । अबको युग युवाको युग छ । युवाहरु बिकसीत प्रणाली र प्रबिधिसँग निकै नजिक भैसकेका छन् । हरेकका रहेक गतिबिधि तात्तातै सबैको कानमा पुग्ने जमाना छ । यो जमना सँग हिड्न सक्ने खुबि नभएका नेताहरुले न संगठनको लक्ष्य हासिल गर्न सक्छन नत युवाको मन जित्न नै सक्छन । अब हामीले युवाहरुको मन जितेर सांगठानिक लक्ष्य हाँसिल गर्नु छ । यस्का लागि बिधान संसोधन एक मात्र काग्रेस पुनरनिर्माणको खाका हो । बिधानको नयाँ ब्यबस्थापन पछि नयाँ संगठन निर्माण हुन्छ । नयाँ सोचको बिकास हुन्छ । अब पार्टीले कुनै देशको बयबस्था र संरचना हेरेर आफनो बिधान बनाउनु पर्ने अबस्था छैन । अब हामीले काग्रेस सशक्त र बलियो हुने तथा आन्तरीक लोकतन्त्रको अभ्यास जोकोहीले पनि बडो सहजताका साथ हेर्न पाउन र भोग्न पाउने ब्यबस्था सहितको बिधान बनाउनुपर्छ ।
बिधान परीमार्जन र सांगठानिक पुनरसंरचनाका लागि यो पंतिकारले अबको सभापती भेला, महासमिती बैठक तथा माहाधिबेशनले निम्न कुरा अंगाल्न सुझाब पेश गर्दछ । जुन कांग्रेस करेक्सनको मुलढोका हुनेछन् ।
१. पार्टी केन्द्रीय समिती तथा अन्य वडासम्ममा २ खालको संयन्त्र राखेर गठन गरीने पर्ने । सल्लाहकार सभापती सहीतको केन्द्रीय सल्लाहकार समिति र कार्य सञ्चालन सभापति सहीतको केन्द्रिीय समिती राख्ने र त्यहीरुपमा वडा सम्म आउने । कार्यसञ्चालन समितीमा उमेर हद लगाउनु पर्ने ।
२. केन्द्रिय महाधिबेशनमा प्रत्येक जिल्लामा कम्तीमा ५ बर्ष क्रियाशिल सदस्य हुदै आएका सबै सदश्यले आफनै जिल्लामा भोट हालेर केन्द्रीय टिम निबार्चित गराउने ब्यबस्था गराई अहिलेको सिमीत मान्छेले मात्र भोट हाल्न पाउने ब्यबस्था खारेज गर्ने ।
३. पार्टीलाइ संघिय मोडलमा लगी मधेशी, जनजाती, दलित तथा अल्पशंख्यकको अनिबार्य सबै क्षेत्रमा प्रतिनिधित्व गराउने ।
४. केन्द्रिय सदश्यहरुलाई अनिबार्य तोकीएको क्षेत्रमा तोकीएको दिनसम्म बस्नै पर्ने गरी प्रशिक्षण र सामाजिक अन्तरक्रियामा सामेल गराउने तथा थप अधिकार सहीतको बनाउने ब्यबस्था गर्ने ।
५. पार्टीको अन्तराष्ट्रीय बिभागलाई थप मजबुद र चलायमान बनाउन आबश्यक ब्यबस्था गर्ने ।
६. भातृसंगठनले समयमा महाधिबेशन गर्न नसेकेमा हस्तक्षेप गरी समयमै महाधिबेशन गराउने ब्यबस्था गर्ने ।
७. साधारण सदश्य, क्रियाशिल सदश्य सहीतको बिस्तृत बिबरण भएको रोष्टर तयार पारी डिजिटल कांग्रेसको ब्यबस्था गर्ने ।
८. प्रत्येक वडाको मतदाता प्रोफाइल तयार पार्ने जसमा उनिहरुको शैक्षिकस्तर, जिवनपद्धति, भाषा, जात, धर्म लगायत सामाबेश होस् सो सम्बन्धि आबश्यक ब्यबस्था गर्ने ।
९. अनुशासन समिती थप अधिकार सहीतको सशक्तm वनाउने ।
१० .केन्द्रीय समिती लगायतका वडासम्मका समितीहरुको बैठक, महासमिती बैठकहरुलाई कडाइ गर्ने र अनिबार्य बनाउने ब्यबस्था गर्ने ।
११. उम्मेदवार टिकट बितरणको लागि प्रदेश र केन्द्रमा बिज्ञ सहीतको अधिकारमुखी आयोग बनाउने ब्यबस्था गर्ने ।
१२. ग्रामिण कार्यकर्ता खासगरी वडा लेभलकालाई उत्पादन र रोजगारीसग जोडीदिने ब्यबस्था ल्याउने तथा बैदेशिक रोजगारमा गएका युवा र उनिहरुको घरपरीवारमा जोडिन काग्रेस निकट नेपाल बैदेशिक रोजगार संघ बनाई थप मजबुद गतिशिल बनाई उनिहरुसँग पार्टी जोडिन आबश्यक ब्यबस्था गर्ने ।
लगायतका ब्यबस्था मात्र भएपनि कांग्रेसले आफ्नो बिधानमा समेट्न सक्ने हो भने देशमा नयाँ तरंग आउने छ । जनतामा नयाँ आशा पलाउनेछ । कार्यकर्तामा उत्साह र जाँगर आउनेछ अनि कसरी बन्दैन नयाँ कांग्रेस ।
लेखक नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिती मकावनपुरका सदस्य हुन् ।
Milan Shrestha । २१ जेष्ठ २०७५, सोमबार ०९:५७ बजे