सुन्दर नेपाल संस्थाको २० औँ साधारणसभा सम्पन्न


गोविन्द प्रासद देवकोटा ।
सुर्खेत, २८ साउन ।
सुन्दर नेपाल संस्था वीरेन्द्रनगर सुर्खेतको २० औँ वार्षिक साधारणसभा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सुन्दर आदर्श र समुन्नत समाजको परीकल्पना, समाज परिवर्तन र न्याय हाम्रो14017969_1769334813351971_591215317_n चाहाना भन्ने मुल मन्त्रका साथ विसं २०५३ सालमा स्थापना भएको सुन्दर नेपाल संस्थाले शिक्षा स्वास्थ्य जस्ता सामाजिक समावेशीकरणका क्षेत्रमा काम गर्दे आएको छ । साधारणसभा कार्यक्रममा बोल्दै क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शिवनारायण चौधरीले विदेश जाने युवाहरुलाई स्वदेशमै व्यवसायी बनाउन सुन्दर नेपाल जस्ता गैरसरकारी संस्थाहहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् । साथै उनले युवाहरुलाई आफ्नै देशमा रोजगारीका अवसरहरु प्रस्सत भएकाले विदेशमा गएर गर्ने मेहनत नेपालमै गर्न आग्रह गरेका छन् । उनले पछिल्लो समय निकै फस्टाएको अदुवा खेतीतर्फ युवाहरुलाई आकर्षित गर्न संस्थाले भूमिका खेल्नुपर्ने आवश्यकता औल्याएका छन् । यता सुन्दर नेपाल संस्थाले चालु आर्थिक वर्षका लागि झण्डै १२ करोड बजेट प्रस्ताव गरेको छ । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न संस्थाको २० औँ साधारणसभाले यो वर्षका लागि १२ लाख ४८ लाख ८८ हजार ६४३ रुपैयाँ प्रस्ताव गरेको हो । यो वर्षका लागि १० वटा नयाँ कार्यक्रम स्वीकृत भएका छन् । मुख्यगरी, मर्सीकोर तथा युएसआइडि, आईडिई नेपाल तथा युकेएड, ग्रामिण खानेपानी तथा सरसफाई कोष, प्याक्ट तथा युएसए आईडीई, गरिबी निवारण कोष लगायतका कार्यक्रम सञ्चालनरत अवस्था रहेको सभामा संस्थाले जानकारी दिएको छ । जिल्लाका विभिन्न गाविसहरुमा कुल १० करोड ९४ लाख २ हजार ८९८ बजेट रहेको छ । यस्तै, प्रस्तावित कार्यक्रमहरुमा भने मेडेप, आरटि आई इन्टरनेशनल, युसएआईडि छन् । यी कार्यक्रमका लागि मात्रै कुल ५० लाख प्रस्ताव गरिएको संस्थाका सचिव पूर्णा सापकोटाले जानकारी दिइन् । सापकोटाले गत आर्थिक वर्ष २०७२÷०७३ को प्रगति प्रतिवेदन पनि प्रस्तुत गरेकी थिइन् । संस्थाद्वारा हाल संचालन भएका कार्यक्रममलाई प्रभावकारी बनाउन साझेदारी निकायसंग निरन्तरता दिने, अन्य साझेदारी निकायसंग साझेदारी विस्तार गर्ने, दलित जनजाति, महिला तथा पछाडि पारिएको वर्गको प्रतिनिधित्व अभिबृद्धिमा जोड दिने उद्देश्य रहेको सापकोटाको भनाई छ । संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरी, जिल्ला कृषि विकास कार्यालय वरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरी, नेकपा एमाले सुर्खेतका सचिव मोहनसिंह बडुवाल, नेपाली काँग्रेसका सुर्खेतका सदस्य गोविन्द कोइराला लगायत संस्थामा कार्यरत कर्मचारी, शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।