खैरो हिरोइनसहित दुई जना पक्राउ


उर्लाबारी (मोरङ), २ चैत । उर्लाबारीबाट आज दिउँसो छ ग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् ।
उर्लाबारी–१ स्थित भेटघाट होटल अगाडिबाट भारतबाट खुट्टामा सेतो पानी टेपले बाँधेर लुकाएर ल्याउँदै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा उर्लाबारी–७ सिरुझर बस्ने २७ वर्षीय उमेश चौधरी र उर्लाबारी–६ थापा चोक बस्ने २६ वर्षीय सुदीप थापा रहेका छन् ।
उनीहरुलाई क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेको मे५प ६३२८ नंको कालो पल्सर मोटरसाइकलसमेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ ।
साभारः freenepal news network