स्व. आचार्यको स्मृतिमा श्रदाञ्जली


जेठ २९, कालीकोट ।

नेपाली कांग्रेसकी नेता एबम् नेपालको प्रजातान्त्रिक आन्दोलनकी महान् निडर, राजनीतिज्ञ स्व. शैलजा आचार्यको ९ औं स्मृति दिवस कालीकोटमा पनि मनाइएको छ ।

नेपाली कांग्रेस कालीकोटको आयोजनामा स्वर्गीय नेतृ आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्मृति दिवस मनाइएको हो ।

पार्टी सहसचिव दमनबहादुर शाही, नेपाल महिला संघ अध्यक्ष भद्रा शाही, प्रेस युनियन काबा अध्यक्ष बिष्णु न्यौपाने, नेता मनराज शाही लगायत नेता कार्यकर्ताहरुले उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय आचार्यले नेपाको महिला आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकालाई कसैले कहिल्यै भुल्न नहुनेमा जोड दिएका थिए ।