सुर्खेतमा वर्ल्डलिंक इन्टरनेटमा समस्या


३० जेठ, सुर्खेत । वर्ल्डलिंक सुर्खेतको इन्टरनेटमा समस्या देखिएको छ । वीरेन्द्रनगरको मंगलचौकमा बाटो मर्मत गर्ने क्रमममा डोजरले बाटो खन्दा जमिनमुनी विच्छ्याइएको वर्ल्डलिंकको फाइवर तार चुडिदा समस्या आएको हो ।

अहिले केही चल्ने र बन्द हुने भैरहेकोले आज वेलुका सम्म बनाउने लक्ष्य सहित काम भैरहेको वर्ल्डलिंक सुर्खेतका प्राविधिक कुमार आचार्यले बताउनुभयो ।

द्रुतगतिमा इन्टरनेट चलाउनकालागि भने १/२ लाग्ने सक्ने र त्यसकालागि नेपालगंजबाट सामाग्री लिन एक टोली नेपालगंज तर्फ गएको समेत आचार्यले बताउनुभयो ।