कर्णालीमा एकिकृत कार्यक्रम संचालन गर्न माग


१० असोज, सुर्खेत । असोज कर्णाली प्रदेशका कृषि प्राविधिकहरुले कर्णालीमा संचालन हुने कृषिका कार्यक्रमहरु एकरुपतामा संचालन गर्न माग गरेका छन ।

कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेश भित्र रहेका प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत पकेट तथा ब्लक सम्बन्धी अभिमुखिकरण गोष्ठीमा सहभागी कर्णालीका कृषिका कर्मचारीहरुले प्रदेशमा संचालन हुने कृषिको वजेट एकद्वार प्रणालीमा संचालन गर्न माग गरेका हुन ।

सहभागीहरुले संघिय सरकार, प्रदेश र स्थानीयतहले गर्ने कृषिको विकासको मोडल भनेको फरक नहुने भन्दै सबैका कार्यक्रमहरु एकरुपतामा लिनुपर्नेमा जोड दिएका छन् ।

छलफलमा भाग लिदै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ कार्यालय सुर्खेतका प्रमुख विजयकुमार गिरीले कृषिका कार्यक्रमलाइ एकरुपतामा लिन बजारीकरणका लागी उत्पादन क्षेत्रको विस्तार गर्ने र त्यसका लागी प्रयाप्त मात्रामा जनशक्तिकोे ब्यवस्था गर्नुपर्ने तथा कृषकले उत्पादन गरेका वस्तुको बजारीकरणका लागी सरकारले सहजीकरण गर्नुपर्ने गिरीले वताउनुभयो ।

त्यस्तै कृषि विकास कार्यालय जुम्लाका प्रमुख वालकराम देवकोटाले जोन र सुपर जोनको संगसगै कृषि विकास कार्यालयका कार्यक्रमहरुलाई एकरुपतामा लिदा सहज हुने वताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ कार्यालय सल्यानका प्रमुख घनश्याम चौधरीले वजेट अनुसारको जनशक्तिको ब्यवस्था गर्नुृपर्ने ,जोन र सुपर जोन संचालन गर्नको लागी फिल्ड भेरीफिकेन गरेर मात्रै कार्यक्रम संचालन गर्नुपर्ने वताउनुभयो ।

कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आर्चायले स्थानीय आवश्यकता तथा ठाँउको छनौट गरेरमात्र कार्यक्रम संचालन गरे दोहोरोपन नहुने उहाँले वताउनुभयो ।

कृषि विकास कार्यालय जाजरकोटका प्रमुख चित्रवहादुर रोकायले ठाँउ अनुसारको योजना र योजना अनुसारको वजेट तथा जनशक्तिको ब्यवस्था गर्नुपर्ने वताउनुभयो । सिमित स्रोत साधनको प्रयोगले कृषिको विकास नहुने भन्दै सवैको सहकार्यमा जोड दिनुभयो । सवैको उद्देश्य गरिवी निवारण गर्ने नै हो ,त्यसैले सहकार्यमा कार्यक्रम संचालन गर्नुपर्छ नत्र दोहरोपन हुन आउछ,फरक फरक तरिका भए लक्ष्य हासील गर्न सहज हुदैन उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना निर्देशक रेवतीरमण पौडेलले सबै पक्षको समन्वयमा जोनका कार्यक्रम तथा योजना संचालन गरिने प्रतिवद्धता जनाउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयक सहसचिव तेजवहादुर सुवेदीले गरिव तथा निमुखा कृषकको सेवा प्रवाहमा सहजता हुनेगरि कृषिका कार्यक्रमहरु संचालन गर्नुपर्ने वताउनुभयो । कृषि क्षेत्रको ब्यवसायिकरण र आधुनिकिकरण गर्नका लागी सवैको सामुहि प्रयास हुनपर्ने सुवेदीले वताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशमा रहेका प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ कार्यालयका प्रमुखहरु , कर्णाली प्रदेशका कृषि विकास कार्यालयका प्रमुखहरुको सहभागीता रहेको छ ।