देशभर आज ९८४१ जना कोरोना संक्रमण मुक्त


१४ जेठ, सुर्खेत पछिल्लो चौबिस घण्टमा देशभर थप ६ हजार ९५१ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संंख्या अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार ८४१ रहेको छ । त्यसैगरी आज थप ९६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा पिसिआर चेकजाँच बाट १ सय २ एन्टिजेन चेकजाँचबाट १ सय ७३ जनामा संक्रमण देखिएको छ । यसै अवधीमा ५ सय ६१ जनाले कोरोना माथि जित हासिल गरेकाछन् भने १ जनाको ज्यान गएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

यसैवीच जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्खेतमा निषेधाज्ञाको अवधी थप गर्दै यही जेठ २५ गते सम्म लम्व्याएको छ ।