गजल


     दुर्गाप्रसाद काफ्ले

बोलुँ भने तिम्रो जवाफले मुटु पोल्छ
नबोलुँ त तिम्रो अभावले मुटु पोल्छ

मुटु उपहार दिन चाहन्छु, पार्सल गरेर
प्रेम नबुझ्ने तिम्रो स्वभावले मुटु पोल्छ

रापिलो घामले छिया छिया भएको म
जुनकै उजेलीको प्रभावले मुटु पोल्छ

मन मनै मनले मात्र चाहेको छु तिमीलाई
हररात हुने ऐठन र दवाफले मुटु पोल्छ ।