गजल


           रत्नकमल बिष्ट

कसैको होस् छैन कसैलाई ज्ञान छैन
समाज बनाउने तिर कसैको ध्यान छैन

हाम्रो झुपडीमा कहिले आउँछ लोकतंन्त्र
खाने गास छैन सुत्नलाई ओछ्यान छैन

अरे यार कति सुनौंर हो तिम्रो भाषण पनि
यहाँ आफ्नो साझ खाएपछी बिहान छैन

देउडा टप्पा लोक गीत जति गाए पनि त
यस्ता गीत गजलहरुको केही सम्मान छैन

उ सँग सबथोक कला छ अरे यार कला छ
कसरी अघि सर्ने सहयोग छैन चिनजान छैन