कृष्णराज धमाला
जेठ ३१, सुर्खेत ।
विवसकुमार सेजुवालको जन्मथलो कालीकोट जिल्लाको बिकट मानिने पलाता क्षेत्रमा भएको हो । तत्कालीन राम्नाकोट गाबिसमा जन्मेका उनी ४ बर्षको हुँदा उनकी आमाले प्यारबाट अलग गराउनु भयो । जुन कुरा उनलाई जन्माउने ममतामयी आमाको बारे खासै त्यति याद छैन । आमा हुने बेला नै बाबाले दोस्रो बिबाह गरे, उनकी दोस्री आमाबाट २ दाई र ३ दिदिबहिनी छन् । विवसकी आमाबाट उनि र एक जना दिदी मात्र हुन् ।
विवसका बाबा पनि २०५६ साल चैत १२ गते ६२ बर्षको उमेरमै बित्नु भयो सायद त्यो बेला विवस ५ कक्षामा अध्ययन गर्थे, जुन उनलाई ठ्याक्कै याद छैन, मात्र अनुमान हो । बाबा हुने बेला सम्म विवस र अरु कुनै सन्तानमा कुनै भेदभाव थिएन । तर जब बाबाको स्वर्गवास भयो अनि दुःखको जीवन जीउन सुरु गर्नु पर्यो विवसले विबसतामा छटपटाउँदै । आमा सौतेनी हुनुहुन्थ्यो, दाइहरु पनि त्यस्तै । घरमा टन्न खाना नदिएर कैयौं पटक भोको पेटमा भौंतारीदै हिमाली पाटनमा भेडी गोठालो लाल्नु परेका ति कहाली लाग्दा दिनहरु अझै पनि ताजै छन् विवसको मानसपटलमा, जुन अनुभवका दृष्यहरु अजम्बरी भएर बिराजमान छन् । गाउँमा गहुँको रोटि र धानको भातले त्यो समयमा खुबै महत्व राख्थ्यो तर सौतेनी आमाले आफ्ना दुई छोरालाई सँधै भात र गहुँको रोटी दिएर पेटभरी खाएको अनि आफूलाई मकै र कोदोको पिठो अट्कलेर यत्तिले पुर्याउनु भनेर पठाउने गरेको बास्तविकता विवसका लागि बिर्सन चाहेर पनि बिर्खन नसिकीने गरी दिमागमा छाप अझै बसेको छ । त्यो जीवन अहिले सम्झिदा अझै पनि त्यो पीडाले च्यास्स मुटु दुखाई रहन्छ विवसको अनि कहिले काँही त्यो बिगतलाई सम्झेर अहिले पनि भक्कानीन विबस छन् उनी ।
बाबाको निधन पछि स्कुल खासै देख्न नपाएका विवसको सुन्दर सपना थियो, पढेर शिक्षण पेसा अँगाल्ने । किनकि उनको उमेर समूहमा जम्मा जम्मि ८ र ९ जना मात्रै स्कुल जाने गर्थे । तर त्यो सपना साकार पार्न सकेनन् उनले । घरमा अनेक मानसिक पीडाले सहन नसकी बाबाको निधन पछि इन्डियाको गडवालको कन्नपरेक भन्ने ठाउँमा पुगे उनी घरको तनाब कम गर्न कुल्ली कामलाई सहज मानेर । एक बर्ष त्यँही बिताए उनले । त्यतिबेला एक दिनको ३५ रुपैया भारु ढ्याडी थियो उनको । अब त फेरि पढ्नु पर्छ भनेर फेरि साथीहरु घर फर्कीने सुरसार कसे अनि पढ्ने रहर नमारेका विवस पनि केवल पढ्ने चाहानामा उनी पनि घर फर्कीए । घर फर्किदा जम्मा १ हजार, ५ सय भारु लिएर उनी पनि फर्कीए स्वदेशमा । त्यो पैसा बाट केही सौतेनी आमा र दाइहरुलाई कपडा किने अनि बचेको ८ सय घरमा दाइलाई दिए उनले । त्यो रकम स्कुलमा फि तिर्न चाहिन्छ भनेर राख्न दिएका थिए उनले दाजुलाई । २०५९ सालमा स्कुल सुरु गर्छु भन्दा ३ दिन सम्म उनलाई घरबाट लखेटेको घटना अहिले जस्तै लाग्छ, उनलाई । उनकै गाउँका एक जना कर्म बम भन्ने उनको बुबा नाता पर्नेको घरमा बसेको पनि उनलाई अझै कष्ठस्त छ, जुन दिन अहिले सम्झिदा उनी उफ्, उफ् यस्तो त कति हो कति ….
त्यही दुखद् घटनाले होला उनलाई किन हो किन एकान्त बस्न, टोलाउन, घोरीन मन पर्न थाल्यो । गाउँमा जेठ महिनामा स्कुलको बार्षिक उत्सब हुन्थ्यो । त्यो बेला कविता बाचन गरेर १ सय रुपैयाँ पुरुस्कार जितेका थिए उनले । त्यही बेलाबाट हो विवसले खाली खुट्टामा जुत्ता, चप्पल लाउन सुरु गरेको जुन कविताको पुरुस्कार जितेको पैसाले किनेका थिए । त्यही दिन डेउडा प्रतियोगिता पनि थियो बिद्यालयमा । त्यसमा पनि उनि प्रथम भए । आमा सम्बन्धी गीत गाएका थिए उने । त्यो गीत उनका गाँका दाजु मानबहादुर सेजुवालले रचना गर्नुभएको थियो । उनको जीवन सँग सम्बन्धित भएको हुनाले होला सबै दर्शक रोएका थिए, त्यो गीत सुन्दा । त्यो बेला उनले आफुलाई सम्हाल्न नसकेर आधा गीत गाएर स्टेजबाट बाहीरीएका थिए । उनको साहित्यिक यात्राको श्रीगणेश पनि त्यही दिन बाट भएको थियो ।
माओवादी आन्दोलनको प्रभाव बढ्दै गएसँगै उनी पनि यो आन्दोलन तिर समाहीत हुने सुर कसे । २०५८ को सुरुवात मै भुमिगत जीवनको सुरु गरे उनले । कला साहित्य तिर रुचि भएकोले पनि होला उनलाई साँस्कृतिक टिमको भुमिका पाए उनले । करिब १ बर्ष मात्रै आफ्नो गाउँ घरमा घुम्न पाएका थिए उनले । त्यो बेला गाउँमा कसैलाई पुर्बाग्रही नगरेकोमा उनी गौरबान्दित पनि छन् र आजभोली मन खोलर उनी भन्छन्, त्यसको फलस्वरुप मलाई अझै पनि बुढा पाकाहरु धेरै माया गरेर नजिक बसाउँछन् । गाउँमा अहिले राम्रै मान्छन्, चोखो माया पाउँछु सबैबाट कारण हिजो मैले उनिहरु प्रति गरेको सम्मान हो ।
कालीकोटमा जन्मेँ मात्रै भन्दापनि हुन्छ भन्न रुचाउने विवसको जीवनको कलिलो उमेर सेती महाकालीका कुनाकुना सम्म पुगेर बितेको छ । त्यसैले त उनका दैनिकीका प्रत्येक पानामा सेती महाकालीका एक न एक गाउँका कथा जोडिएकै हुन्छन् । अहिले उनी उसै पनि सुदुरपश्चिमका स्थायी बासिन्दा भएकाछन् । यसमा भूल छैन उनलाई बरु गर्ब छ ।
जब साहित्य यात्राको थालनी विवसले पहिलो प्रयासमा “अमर दिप“ कबिता सङ्ग्रह ०६५ प्रकाशन गरे भने दोश्रो संमरण संग्रह “म रोएको त्यो दिन“ ०६८ मा प्रकाशन गरे, यो यात्रा रोकीएको छैन । अझै पनि यसले निरन्तरता पाइरहेकै छ, अबिरल रुपमा ।
जुन उद्य्ष्यले माओवादी पार्टीमा लागे त्यो सबै अहिले उनलाई फिका भए जस्तो लाग्छ । हजारौंको जीवनमा धोका दिने प्रचण्ड र बाबुराम हुन् उनी भन्छन् यो मेरो बुझाई हो । हामीलाई सडकमा मिल्काएर आफू आलिसान महलहरुमा बसेका छन्, उनको पीडा र आक्रोस यही नेर खडा छ । उनी भन्छन् हिजो जस्तै गरि यात्रामा हिडिरहेको छु, फराकीलो समर यात्रामा छु, गन्तब्य भेटाउने दृढ बिश्वासमा ।
युद्धमा जीवन समर्पित गर्नुमा कहिल्यै पछुतो मानेका छैनन् उनले । अझै पनि सुदुर र मध्यपश्चिको निम्ति केही गरेर मरु भन्ने ठूलो चाहाना छ, उनी छाती फुलाएर भन्न डराउँदैनन् । पछिल्लो समय उनलाई धेरै चुनौती थपीएकाछन् । सबैले साहित्यकार भन्छन् तर उनी आफू बिद्यार्थीका रुपमा अझै सिकिरहेको भन्छन् । पाठकको अपेक्षा पूरा गरिरहन सक्छु कि सक्दैन ठूलो चुनौती विवसले आफ्नो सामू उभिएको देखीरहेका छन् ।
उनलाई साहित्यकार भन्दा जनकलाकार भन्दा आनन्द आउँछ किन कि उनको जीवन साँस्कृतिक आन्दोलनमै बितेको छ ।
०५७ विद्यार्थी संगठनमा आवद्ध, ०५८ जेष्ठमा पुर्णकालिन भुमिगत, ०५९ सहसंयोजक पुग जनसाँस्कृतिक परिवार, ०५९ फाल्गुनमा सेक्सन कमाण्डर चुली साँस्कृतिक कम्पनी, ०६० बाजुरा जिल्ला भुकम्प साँस्कृतिक प्लाटुन संस्थापक संयोजक, ०६१ प्लाटुन कमान्डर चुली साँस्कृतिक प्लाटुन क्षेतृय कम्पनी र जनमुक्ति सेनामा सरुवा प्लाटुन कमान्डर भएर कुसलता प्रदर्शन गरेका विवसकुमार सेजुवाल खाडीको गर्मीमा पनि सृजना गरीरहन्छन्, परीबर्तनको पक्षपाती भएर ।




Milan Shrestha । ३१ जेष्ठ २०७५, बिहीबार ०७:१० बजे