कर्णालीमा कोरोना संक्रमित संख्या १२३ पुग्यो


१८ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) यति वेला कर्णाली प्रदेशमा तिब्रगतिमा फैलिरहेको छ । आज विहान कर्णालीमा थप १८ जनामा संक्रमणको पुष्टी भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत थप १८ जनामा पुष्टी गरेको जनाएको छ । नयाँ संक्रमितहरु कालिकोट शुभकालिका गापा ५ का १९ बर्षका पुरुष तथा दैलेख नारायण नपा ३ का १९, १९, २९, ४८ बर्षका पुरुष त्यस्तै वडा नं ५ का १८ २४ २५ ४८ र ३५ बर्षका पुरुष, देवकाँडा ४ का १८ २० २० २२ २२ बर्षका पुरुष, सिमडा ८ का २६ बर्षका पुरुष, रातापानी ४ का ३८ बर्षका पुरुष र साडु ९ का २२ बर्षका पुरुष रहेको बताइएको छ । यो संगै कर्णालीमा संक्रमितको संख्या १२३ पुगेको छ ।