
मिलन श्रेष्ठ
मंसिर, ३ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर देखि १४कोषको दुरीमा रहेको साविकको रानिवास गाविस, हाल चिङ्गगाड गाउपालिका वडा नं.२ स्थीत श्री जनता माध्यमिक बिद्यालय रानीवासमा १८ महिने सिभिल सव–ओभरसियर कक्षा संचालन भएको छ ।
मिती २०७५ साल भदौ २८ गतेका दिन प्राविधिक एस.इ.ई तहको १८ महिने कक्षा संचालनका लागी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सानो ठिमी भक्तपुरबाट अनुमति प्राप्त भए पश्चात उक्त कक्षा संचालनमा ल्याईएको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिम बि.कले जानकारी दिनुभयो । बिकका अनुशार जिल्ला शिक्षा बिकास तथा समन्वयन एकाईको २४ लाख ५० हजार बराबरको आर्थिक सहयोग र बिद्यालयको आन्तरिक स्रोत्रबाट भवन निर्माण गरे पश्चात पठन–पाठनको शुरु गरिएको बताउनु भयो । यसै गरी उक्त प्राविधिक शिक्षा अध्ययनका गर्नका लागी छिमेकी जिल्ला जाजरकोट र सुर्खेतका गरी करिब २१ जना बिधार्थीहरु पठन–पाठन गरिरहेका छन् ।
यसैगरी प्राविधिक शिक्षा कार्यक्रमका संयोजक भवानी शर्माका अनुशार कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि १४ कोषको दुरीमा रहेर पनि बिकास क्रममा पछि परेको रानीवासमा स्थानका प्राविधि शिक्षा संचालन गरेकोमा खुसि व्यक्त गर्दे यसले व्यवसाय शिक्षा भन्दा पनि न्यून आयस्तर भएको बिधार्थीहरुको भविष्यका लागी सेवामुखि शिक्षा भएको हुदा यसले ठुलो मद्धत गर्न कुरामा जोड दिदै, पछिल्लो समयमा प्राविधि शिक्षा तर्फ बिधार्थीहरुको अध्ययनमा तर्फ बढि आक्रषण हुदा यसले धेरै क्षेत्र ओगट्न सफल भएको र नेपाल सरकार अन्तर्गत लोकसेवा आयोगले लिने परिक्षा अन्गर्तत ५ वटा क्षेत्रमा प्रतिस्पर्धा गर्न पाउदछन् साथै पठन–पाठन गर्ने बिधाथीहरुका लागी स्थानिय स्रोत्रको प्रयोग स्थानिय स्तरमा हुदै गरेका बिकास क्रमका चरणहरुको जानकारी हुने भएको हुदां यो शिक्षा धेरै प्रभावकारी भएको बताए ।
हाल उक्त शिक्षा अध्यापनका लागी १ जना कार्यक्रम संयोजक, २ जना करार र १ जना पार्टटाईम गरी कुल ४ जना कर्मचारीको व्यवस्था गरिएको छ ।



Milan Shrestha । ३ मंसिर २०७५, सोमबार १२:३६ बजे