
१५ असार, सोलुखुम्बु ।सोलुखुम्बु नेतासल्यान गाउँपालिका अन्र्तगत पर्ने खाल्पा देविस्थान भीरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको जीप शुक्रबार बिहान करिब साढे ७ बजेतिर तिङ्लाको महादेव भिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।
एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइँदै छ । प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी शेर्पाले बताए ।
घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
साभारः अनलाईन खबर ।



Milan Shrestha । १५ असार २०७५, शुक्रबार ०३:२९ बजे