नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नम्बर २ भेला सम्पन्न


दिपेश दाहाल

१५जेठ सुर्खेत,

नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नम्बर २ को क्षेत्रीय भेला आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा संगठन सुर्खेतका अध्यक्ष रामबहादुर शाहीले शिक्षकको दरवन्दी मिलान कार्य चुस्त दुरुस्त हुनु पर्ने बताउनुभयो ।

शिक्षक महासंघका केन्दिय्र सचिव धनसिंह खड्काले अस्थायी तथा राहात शिक्षकको राहात र पोसाक भत्तामा सरकारले उपेक्षा गरेकाले शिक्षकको मनोवल घटेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा संगठनका केन्द्रिय सदस्य शिव उपाध्ययले पनि भनाई राख्नु भएको थिया ।

कार्यक्रम शिक्षक महासंघका केन्दिय सचिव धनसिंह खड्काको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।