साउन १४, सुर्खेत ।
वीरेन्द्रनगर ११ झुप्राखोला निवासी ९ वर्षीया अञ्जली बादीको सहयोगीका कारण उपचार सफल भई उनले नयाँ जीवन पाएकीछन् । जन्मजात मुटुमा प्वाल परेकी बादीको विंग्स फाउन्डेसन सुर्खेत मार्फत् सहयोग प्राप्त भएपछि उनको उपचार सफल भएको हो । आर्थिक अभावले उपचारको समस्या खेपीरहेकी अञ्जलीको उपचार गर्न सहयोग पाएपछि उनको जीवनमा नयाँ उमंग छाएको हो ।
अञ्जलीलाई अहेब प्रतिमा गौतम र स्टाफ नर्स कल्पना बस्नेतले फाउन्डेसनको माध्यमबाट उपचारका लागि आर्थिक सहयोग संकलन गरी उपचारमा सहयोग पुगाएका थिए । उनीहरुले आफूबाट केही र सामाजिक सञ्जालमार्फत केही रकम सहयोग संकलन गरी जम्मा भएको ५३ हजार, ६ सय, ७० रुपैयाँ संकलन उपचारका लागि सहयोग गरेका हुन् ।
अञ्जलीको गंगलाल अस्पताल काठमाडौंमा उपचार गरीएको हो ।
फाउन्डेसनका प्रमुख डा. नवराज केसीले पनि अञ्जलीको जीवन रक्षाका लागि भन्दै गरेको पहलका कारण अञ्जलीको मुुटुमा देखिएको प्वालको शल्यक्रिया पछि नयाँ जीवन मिलेको हो ।
२०७१ सालदेखि मुटुको समस्या देखिए पनि उपचारको अभावले थलिएकी अञ्जली मुटुको सफल अप्रेसन पछि विद्यालयको पढाई सुचारु गर्न पनि सफल भएकीछन् ।



Milan Shrestha । १४ श्रावण २०७५, सोमबार १४:०० बजे