अवैध भरुवा बन्दुक सहित ३ पक्राउ


अवैध हतियार सहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा सार्वजनिक गर्दै । तस्विर ः रमेश कुमार वली

रमेश कुमार वली
सल्यान १८ असार सल्यानमा भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छन् । कुमाख गाउँपालिका वडा न ३ चिनालीबाट अवैध ४ भरुवा बन्दुक सहित तीन जनालाई विशेष सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी ४ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने केप, छर्रा सहित ३ जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख भरत बहादुर विकले जानकारी दिनुभयो । अनुसन्धानको क्रममा रहेकोले पक्राउ गरिएकाहरुको नाम सार्वजनिक गरिएको छैन ।
आफ्नै घर र घरनजिकै लुकाई छिपाई राखेको अवस्थामा विशेष सूचनाका आधारमा हतियार सहित तीन जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान गरी रहेको विकले वताउनुभयो ।
अवैध रुपमा राखिएका हतियारले समाजलाई त्रसितको वातावरण सृजना गर्ने भएकाले अभियानकै रुपमा अवैध हातहतियार संकलन गरी रहेको उहाँको भनाई रहेको छ ।