जापानमा रहेका कर्णालीबासीद्वारा मानवसेवा आश्रमलाई सहयोग


२१ फागुन, सुर्खेत । मानवसेवा आश्रम कर्णाली प्रदेशलाई जापानदेखि सहयोग प्राप्त भएको छ ।
आश्रमलाई  लायन्स क्लब अफ सुर्खेत दोभानचौर मार्फत जापानमा रहेका कर्णाली प्रदेशबासीहरुको संस्था कर्णाली प्रदेश समाज जापानद्वारा नगद रु.१ लाख ११ हजार १ सय ११ सहयोग प्राप्त भएको हो ।
विदेशमा बसेर स्वदेशमा सेवा गर्नुहुने कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाही एंव सम्पूर्ण सदस्य एवं मानवीय सेवामा संयोजनकारी भूमिका निर्वाह गर्ने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य उत्तम शर्मा प्रति आश्रममले आभार प्रकट गरेको छ ।
आश्रमले हाम्रो चाहनाः सबैका लागि खाना, नाना, छाना । हाम्रो प्रतिबद्दताः सहयोगापेक्षी (बेसाहारा,अशक्त,असहाय,अनाथ,अभिभावकविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एंव घोषणा । हाम्रो सपनाः मानवीयताको राष्ट्र नेपाल (The Country of Humanity, Nepal) जस्ता अभियान लिएर अगाडी बढी रहेको छ ।