
३१ असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको नेपालको संरक्षित वन क्राँकेबिहार संरक्षणमा स्थानीय यूवाहरु जुटेका छन् ।
बिश्व संम्पदा सूचिमा सूचिकृत सुर्खेतको वीरेन्द्रनगर ९ मा रहेको संरक्षित वन क्राँकेबिहार क्षेत्रमा जरायोको आहारालाई लक्षित गरेर स्थानीय यूवाहरुको समूहद्वारा सुपर नेपियर घाँस रोपिएको हो ।
वीरेन्द्रनगर ९ लाटिकोइलीका युवाहरुको सक्रियतामा आज काँक्रेविहारको जन्ती साल क्षेत्रमा करिव १५ सय सुपर नेपियर घाँसका बिरुवा रोपिएको छ । काँक्रेविहारको चारैतर्फ मानववस्ती रहेकोले चरिचरणको अभावका कारण वन्य जन्तु जरायोलाई लक्षित गरि घाँस रोपिएको स्थानिय युवा बसन्त गिरीले जानकारी दिनुभयो । रेडियो भेरी एफएमका सञ्चारकर्मी केशव कोइरालालले १ हजार बिरुवा र सुगारिका कृर्षी फर्मका सुशील केसीले ५ सय बिरुवा सहयोग गर्नुभएको स्थानीय युवा सनम गिरीले बताउनु भयो ।
तीन महिनाभित्र यो बिरुवा जरायोकोलागि खान उपयुक्त हुने बिज्ञहरुले बताएका छन । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष सुरेश मानन्धरले यो वर्ष काँक्रेबिहारको चारैतिर कम्पाउन्ड वाल लगाउने तयारी गरिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ “यसले चरिचरणकालागि जरायो लगाएतका वन्यजन्तुकालागि निकै प्रभावकारी हुने बिश्वास लिएको छु ।”
स्थानीय यूवा ॠषि गिरिले यस बिरुवाको अनेत्र पनि माग भएकाले यसलाई व्यवसायिक रुपमा लैजान सकिने बताउनु भयो । संरक्षणमा लागेका समूहले यसका बिरुवा बेचेर आम्दानी लिन सक्ने उहाँको भनाई छ । स्थानिय युवा नारायण जिसीले पहिलो चरणमा परिक्षणको रुपमा १५ सय बिरुवा लगाईएको बताउनु भयो । उहाँले दोस्रो चरणमा अरु बिरुवा पनि रोप्ने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा काँक्रेबिहार संरक्षण समितिका अध्यक्ष चन्द्रा श्रेष्ठ लगाएत स्थानीय यूवाहरुको सहभागीता रहेको बृक्षारोपण कार्यक्रममा रमेश गिरी, हेमन्त गिरी, राजन गिरी, पद्मा गिरी लगाएतले यातायात तथा खाजा र पानीको सहयोग गर्नुभएको थियो ।




Prawash Kumar Shakya । ३१ असार २०७७, बुधबार १३:१३ बजे