कर्णालीका हवाई उडान बन्द, यात्रु अलपत्र


१९ असार, सुर्खेत ।

भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णाली प्रदेशका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा बन्द भएकोछ ।

आइतबार साँझदेखि शुरु भएको भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय बाँकेका सूचना अधिकारी कृष्ण गौतमले जानकारी दिनुभएको छ ।

नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगु जिल्लामा हुने गरेका दैनिक उडान बन्द भएका हुन्् । हुम्लाका लागि हवाइजहाज उडान नहुँदा ५ सय भन्दा बढी भारतीय तीर्थयात्रीहरु नेपालगञ्जका बिभिन्न होटलमा अलपत्र अबस्थामा रहेकाछन् ।

काठमाडौँका उडान भने नियमित भइरहेको सो कार्यालयले जनाएको छ ।