चट्याङ लागेर गुटूमा एक बालिका घाईते


पुरुषोत्तम सापकोटा

फोटो गणेश कडेलको फेसबुकबाट
फोटो गणेश कडेलको फेसबुकबाट

१८ पौष, सुर्खेत । सुर्खेत गुटूको वडा नं ७ सिमखोलामा गए राति चट्याङ लागेर एउटा गाई मरेको छ भने एक बालिका घाईते भएकि छन । स्थानिय मन्ना सुजिको घरमा गए राति १० बजे चट्याङ परेको हो । सुजिका १३ वर्षीया छोरी टिका विक घाईते छिन । घाइतेको अहिले सुर्खेत वीरेन्द्रनगर स्थित मप क्षेत्रिय अस्पतालमा उपचार भैरेहेको छ । चट्याङले घरको भित्ताहरु चर्किएका छन भने सोलार पाता जलेको गुटू बाट कलाधर सापकोटाले जानकारी दिनु भएको छ ।