पहलका अगुवा कृषकहरुलाई जलवायु सम्बन्धि तालिम


सुर्खेत, १९ असार । यूएसए आईडिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन, सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहल अन्तर्गतका सोमबार देखि वीरेन्द्रनगरमा संचालित पहल अगुवा कृषकहरुका लागी जलवायु संवेदनशिल वाली उत्पादन तथा पशुपालन सम्बन्धिको २ दिने तालिम मंगलवार (आज) समापन भएको छ ।
सोमबार देखि संचालन भएको तालिममा पहल परियोजना लागु भएका लेखपराजुल, नेटा, रानिवास, काफलकोट, रजेना र धारापानीका १३ जना कृषकहरु सहभागीता रहेको थियो ।

पहल परियोजनाका कृषि सुपरभाईजर, यामप्रसाद शर्माले जलवायु परिवर्तनको असरबाट कृषि वाली तथा पशुपालनमा अधिक मात्रामा समस्याहरु पर्ने भएको हुदा उक्त समस्या र असरहरुको न्यूनिकरणमा अपनाउने प्रविधिका बारेमा बिशेष जोड दिनुका साथै बाख्रा पालनको आधुनिक प्रविधिका बारेमा समेत जानकारी दिईएको थियो ।
समापन कार्यक्रममा बोल्दै सुन्दरनेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कडेंलले, तालिम समयसापेक्षित भएको र हुदा तालिम लिनुमात्र ठुलो कुरा नभई तालिमबाट सिकेको सिपहरुलाई गाउस्तरमा अन्य कृषकहरुलाई जानकारी दिदै व्यवहारमा उत्तारनु पर्ने कुरामा जोड दिनुभयो ।

तालिमको सहजीकरण गर्दे कृषि सुपरभाईजर यामप्रसाद शर्मा ।

पहल परियोजनाका कृषि अधिकत कमल श्रेष्ठ, कृषि सुपरभाईजर र पशु सेवा प्राविधिक तिलक खनाल सहजीकरण गरेको समापन कार्यक्रममा जिल्ला संयोजक भिमराज वास्तोलाको उपस्थित रहेको थियो ।