
रातभर खेतबारीमै जाग्राम बस्नुपर्ने बाध्यता ।
सुर्खेत, २२ साउन । जंगली जनावरले मकै बाली नष्ट गर्न थालेपछि बिरेन्द्रनगरपालिका १४ का किसानहरु समस्यामा परेका छन् ।
जंगली जनावर वदेल, दुम्सी र वाँदरहरु खेतबारीमै पसेर आफुहरुले लगाएको मकैबाली नष्ट पार्न थालेपछि मकै बाली जोगाउन धौ–धौ परेको किसानहरुले बताएका छन् । मुख्य खाद्यबालीका रूपमा रहेको मकै लगातार जंगली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् ।
बिरेन्द्रनगर १४ गढीका स्थानीय कृषक दल बहादुर रोकायका अनुशार मकैको घोगा लाग्न लागेको बेला जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि आफुहरुलाई समस्या परेको बताउनु भयोे ।
यसैगरी सोहि वडाका अर्का किसान टंकप्रसाद उपाध्ययालका अनुशार यसरी मकैबारी नष्ट पार्न शुरु गरेपछि आफुहरु बारीमै टहरा बनाएर रातभर र्चोकीदारी गर्दापनी मकैबाली जोगाउन मुस्किल परेको छ ।्



Milan Shrestha । २२ श्रावण २०७५, मंगलवार ०६:४१ बजे