कर्णाली प्रदेशमा स्थानिय तहका पदाधिकारिको तलब सुविधा कति ?


तस्विरः नेपालगाथा ।

सुर्खेत,१९ असार ।कर्णाली प्रदेश सरकारको मंगलबार बसेको बैठकबाट कर्णाली प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्वसम्मत रुपमा पारित भएको छ । उक्त विधेयक प्रदेश सभामा जेठ १७ गते छलफलका लागि पेश गरिएको थियो ।

मंगलबार संसदमा विधेयकमा संशोधन प्रस्ताब सहित आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रतिवेदन पेश गरेका हुन् । पहिले तोकीएको तलबभन्दा केहि तलमाथी गरी विषयगत समितिले तलब सुविधा निर्धारण गरेको हो ।

त्यसै अन्तरगत स्थानिय तह गाँउपालीकाका अध्यक्षको तलब ३० हजार ५ सय, उपाध्यक्षको २५ हजार, वडा अध्यक्षको १९ हजार तोकिएको हो । यस्तै  कार्यपालिका सदस्यहरुको लागि १० हजार र वडा सदस्यका लागि ५ हजार तोकीएको हो ।
यूस्तै नगरपालिकाका प्रमुखको तलब ३४ हजार, उपप्रमुखको लागी ३० हजार, वडा अध्यक्षको २० हजार तोकिएको हो । यस्तै कार्यपालिका सदस्यको लागि ११ हजार तथा वडा सदस्यको लागि ६ हजार रुपैयाँ तोकिएको हो । यसैगरी जिल्ला समन्वय समितिका प्रमुखको तलव ३६ हजार, उपप्रमुखको लागी ३४ हजार र सदस्यहरुको लागि १२ हजार तोकीएको हो ।

साभारः नेपालगाथा ।