छैठौ प्रदेश इन्चार्जमा शक्ति वस्नेत


downloadसुर्खेत, ५ भदौ । नेकपा माओवादी केन्द्र ६ नम्वर प्रदेशको इन्चार्जमा स्थायी समिति सदस्य शक्तिवहादुर वस्नेत हुनु भएको छ । पूर्व गृहमन्त्री वस्नेतलाई माओवादी केन्द्रले छैठौ प्रदेशको इन्चार्जको जम्मेवारी दिएको हो ।

६ नम्वर प्रदेशका इन्चार्ज जनार्जन शर्मा उर्जा मन्त्री भएपछि माओवादीले वस्नेतलाई प्रदेश इन्चार्ज वनाएको हो ।
जाजरकोट घर भएका वस्नेत माओवादी केन्द्रको प्रभावशाली युवा नेताको रुपमा पनि चिनिनु हुन्छ ।

साभारः राराखबर अनलाइन