
सुर्खेत, २० असार । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य सह–संयोजक, लायन्स क्लब अफ सुर्खेत बुलबुलेकी थर्ड भिपी एवंम् नव गठित लायन्स क्बल अफ कर्णालीकी अध्यक्ष सीता शर्माले आज वीरेन्द्रनगरमा एक कार्यक्रमका बिच उक्त कुरा औल्याकि हुन् ।
वीरेन्द्रनगरमा आज गठित सुर्खेत जिल्लाकै कान्छो एवंम् १५औं लायन्स क्लब अफ कर्णालीको गठन कार्यक्रममा बोल्दै शर्माले भन्नु भयो, म सानो छदा घरमा कोहि माग्ने व्यक्ति आउदा आमाले माग्नेलाई चामल दिदा म डराउने गर्दथे र आमालाई प्रश्न गर्दथे आमा, यसरी माग्नेलाई हामीले यती धेरै चामल दिदा हाम्रो चामल सकिदैन र, आमाले भन्नु हुन्थ्यो, माग्ने दीन दुखिलाई जती दियो त्यती नै हामीलाई बढ्दै जान्छ ।
शर्माले थपिन यसरी लायन्स क्लबहरु गठन हुनुमा सहयोगी हातहरुको कमि नभएको महशुश गर्नुका साथै वास्तवमा लायन्स क्लबहरु भनेको दीन दुखिहरुकै सहयोगका लागी स्थापना भएका हुन् । लायन्स क्बलले स्वास्थ्य, वातावरण, शिक्षा र धेरै सामाजिक कामहरु गर्दे आईरहको र आगामी दिनहरुमा पनि कार्य गर्ने प्रतिवद्धता सहित लायन्स क्बल अफ कर्णाली यहि जुलाई १ तारिखका दिन अमेरिकामा सम्पन्न भएको १०१ औं अन्तराष्ट्यि लायन्स कार्यक्रममा दर्ता भईसकेको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि एवंम् डिस्ट्रीक चिप एमजेएफ लायन्स बिजय पराजुलीका अनुशार, लायन्स क्लब भन्ने बितिकै धेरैको सोचमा धनि व्यक्तिहरुमात्र सदस्य बन्ने क्लबको रुपमा लिने गरेता पनि पछिल्लो समय मानिसहरु सामाजिक कार्यमा संलग्न हुनका लागि लायन्स क्लवमा आवद्ध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही समय पहिला लायन्स क्लव प्रति आम मानिसको दृष्टिकोण फरक रहे पनि पछिल्लो समय लायन्स क्लवले गरेका सामाजिक गतिविधि देखेर लायन्समा आवद्ध हुनेहरुको संख्या बढ्दै छ । पराजुलीले लायन्स क्लबहरुले स्वास्थ्य, शिक्षा, बाल–बालिका, बृद्ध–बृद्धा, वातावरण जस्ता विभिन्न क्षेत्रका कार्य गर्दे आईरहेको र आउने कुरा बताउनु भयो ।
एम्बास्डर अफ गर्भनर कमल नेपालको बिशेष आथित्यमा सम्पन्न कार्यक्रमा एरिया को-चिफ धनकुमारी खरेल, रिजन म्यानेजमेन्ट कमिटी डिस्ट्रीक चिफ लायन्स कल्पना कार्की, रिजन चियर पर्सन लायन्स हरिहर बस्नेत, जोन चियर पर्सनहरु लायन्स खगिसरा शाही, लायन्स नवराज गुरुङ्ग, डिस्ट्रीक चियर पर्सन युवराज पौडेल, जिल्ला स्थीत विभिन्न लायन्स क्बलहरुका अध्यक्षहरु, निवर्तमान अध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष लगाएतको उपस्थित रहेको कार्यक्रमको सहजीकरण वीरेन्द्रनगर सुर्खेतका अध्यक्ष लायन्स बिनु सि भास्कर गनुभएको थियो ।
लायन्स सीता शर्माको अध्यक्षतामा २० सदस्यीय लायन्स क्लब अफ कर्णाली गठन भएको छ जसको सदस्यहरुमा, कृष्णा बोहरा, दीपा पराजुली, रेशमबहादुर भण्डारी, जानकी पौडेल, गायत्री राना, कोकिला सिंह(वि.सी.), हीराकुमारी क्षेत्री, नेमबहादुर शाही, सुजन प्रधान, कमल लामिछाने, जयन्ती थानी, गौरी राना, कृष्ण कोइराला, श्याम बिष्ट, हीरा खत्री(क्षेत्री) कोपिला थापा, डेनिस गुरुङ्ग,बली बहादुर बुढा , राज नेपाली र सुनिता रानी गुरुङ्ग रहेका छन् ।



Milan Shrestha । २० असार २०७५, बुधबार १५:३३ बजे