सुपरफास्टको गाडी दूर्घटना, चालक मृत्य अवस्थामा फेला


तस्विरः गोबिन्द थापाको फेसबुकबाट ।

सुर्खेत, १४ जेठ ।
छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत जुम्लिभिर नजिक सुपरफास्ट  यातायात व्यवसायी संघको भे.१.झ. नम्बरको भ्यान दूर्घटना हुदा चालकको मृत्यू भएको छ ।
आईतबार(हिजो) सुर्खेतको बोटेचौर देखि सवार लगेको गएको उक्त गाडि सल्यान जिल्लाको रैकर नजिक बाटो बाट २०० मिटर तल भेरी नदिमा खसेर दूर्घटना भएको हो ।

अस्थाई प्रहरी चौकि बोटेचौर सुर्खेतका अनुसार सुर्खेतको गोजीखोलमा सवारी छाडेर आए देखि सम्पर्क बिहीन रहेको गाडि आज (सोमबार) करिब २ बजे भेरी नदिमा डुबेको अवस्थामा फेला परेको हो ।

प्रहरीका अनुसार आईतबार(हिजो) सांझ १० बजे रैकरबाट खाना खाएर सुर्खेत आएको उक्त गाडि दूर्घटना भएको थियो । आज बिहान अबेर सम्म गाडि र गाडि चालक सम्पर्कमा नआए पछि खोजी कार्य जारी रहेका थियो ।

तस्विरः रबिन्द चन्द नेपालको फेसबुकबाट ।

सुचना प्राप्त पश्चात स्थानियवासी र सुपरफास्ट यातायात व्यवसायी संघका कर्मचारीले संयुक्त रुपमा खोजी कार्य गरेपछि उक्त व्यवसायी संघको गाडि र चालक २४ बर्षिय मदन बि.क. मृत्य आस्थामा फेला परेका थिए । अहिले लाशलाई पोष्टमार्टमका लागी क्षेत्रिय कार्यालय सुर्खेत ल्याइदै छ ।