
मौसम कुमार
दैलेख, बैशाख २४ ।
नेपाल परिवार नियोजन संघ दैलेखको संयोजकमा पुर्ण बहादुर खत्री (चालिस)े चयन हुनु भएको छ । नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यालयद्धारा खत्री सहितको ९ सदस्यीय कार्यसमिति चयन गरी पठाएको हो । खत्री सहित समितिमा सदस्यहरु पुष्पा श्रेष्ठ , सिता रिजाल , देवेन्द्र थापा , दुर्गा श्रेष्ठ लगायतको समिति रहेको छ । नेपाल परिवार नियोजन संघले विगतमा जिल्लामा विभिन्न खाले कामहरु गर्दै आएको र अव त्यसलाई अझ प्रभावकारीका साथ लैजान पहल गर्ने र दैलेखको ११ वटै स्थानिय तहमा ईकाईहरु विस्तार गरी थप सेवा दिने निर्वाचित संयोजक खत्रीले बताउनुभयो ।



Milan Shrestha । २४ बैशाख २०७५, सोमबार ०९:०९ बजे