होन्डाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


जापानी मिडफिल्डर केइसुकी होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

जारी विश्वकपको प्रिक्वार्टर फाइनलमा बेल्जियमसँग ३-२ को पराजय व्यहोरेको अर्को दिन होन्डाले सन्यासको घोषणा गरेका हुन्।

‘राष्ट्रिय टिममा मेरो करियर टुंग्याउँदैछु,’ होन्डाले भनेका छन्,‘म खुसी छु किनभने हामीसँग राम्रा यूवा खेलाडी छन्। जापानी फुटबलको इतिहास लेख्ने पालो अब उनीहरूको हो।’

होन्डाले सन् २००८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। ३२ वर्षिय होन्डाले जापानका लागि ३७ गोल गरेका छन्।

साभारः सेतोपाटी ।