सशस्त्र प्रहरीका ५ एआईजीले बुझाए राजीनामा


काठमाडौं– सशस्त्र प्रहरीका फाजिल पाँच एआईजीले बिहिबार राजीनामा बुझाएका छन्  । गतवर्ष भएको  प्रदेश तथा प्रतिनिधिसभा  निर्वाचन आचारसंहिताको बेला  एआईजीमा बढुवा भएका जानकीराज भट्टराई, निराकार विक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई अाज राजीनामा बुझाएका हुन् ।

देउवा सरकारले प्रदेशहरुमा खटाउने गरी एआइजीको विशेष पद सिर्जना  गरी बढुवा गरेको थियो । तर, सोको कार्यान्वयन हुन नसकेपछि उनीहरु भूमिकाविहिन बनेका थिए ।

यही बीच  बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आचारसंहिताका बेला देउवा सरकारले गरेको सम्पूर्ण निर्णय बदर गर्ने निर्णय गरेसँगै उनीहरुले पनि राजीनामा दिएको बताइएको छ ।

साभारः रातोपाटी ।