पर्यटक भित्र्याउन कलाकार प्रचार प्रसारमा


14797499_1801500630135389_1004732080_nगोविन्द देवकोटा
सुर्खेत, ४ कात्तिक । नेपाल सरकारले यस वर्षलाई घुमफिर वर्षको रुपमा घोषणा गरेको छ । पर्यटनको क्षेत्रमा आन्तिरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले घोषणा गरिएको अभियानलाई सफल पार्नको लागि स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारहरु लागिपरेका छन् । जस अन्तर्गत सञ्चारकर्मी एवम् कलाकार कृष्ण कंडेलले कलाकारहरुको नेतृत्व गर्दै देशका विभिन्न ठाउँमा घुम्नका लागि प्ररित गरिरहेका छन् ।

एबीसी टेलिभिजनका इनद्रेणी कार्यक्रमका प्रस्तोता समेत रहेका कंडेलले केही दिनयता मधयपश्चिमको विभिन्न धार्मिक एवम् पर्यटकिय स्थानमा गएर पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरेका छन् । केही समयअघि कंडेलले सुर्खेतका सञ्चारकर्मीहरुलाई भेरी बबई ड्राइभर्सन आयोजनास्थलमा लगेर निरिक्षण गराउनुका साथै पर्यटनका साथै विकास निर्माणमा समेत सबैको सहभागिता हुनुपर्ने जताएका थिए । यस्तै, स्थानीय सञ्चारकर्मीहरुसहित राष्ट्रिय कलाकारहरुको साथमा नेपालको विभिन्न सम्भावना बोकेको सबैभन्दा ठूलो ताल रारामा साँस्कृत कार्यक्रमको आयोजना गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए ।
उनले सरकारले घोषणा गरेको अभियानलाई प्रभावकारी रुपमा सफल पार्नको लागि सबैको सहभागीता अनिवार्य भएको भन्दै आफु पनि घुमफिर अभियानलाई सफल बनाउन विभिन्न कार्यक्रम गर्दै हिडेको बताए । यस्तै सोही अभियान अन्तर्गत बिहीबार सुर्खेतको जिल्लाकै एकमात्र ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको प्रशिद्ध धार्मिक एवम् पर्यटकिय स्थल काँक्रेबिहारमा पनि साँस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।
काँक्रेबिहार भिलेज रिसोर्ट प्रालिद्वारा सञ्चालित सुर्खेत दोहोरी साँझको आयोजना तथा कंडेलको संयोजनमा काँक्रेबिहारको प्रचार प्रसार गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका कार्यक्रम संयोजक तथा सञ्चारकर्मी गणेश कार्कीले संघले लगानी वर्ष सुरु गरेको भन्दै स्थानीय पर्यटकिय तथा धार्मिक स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि प्रचारप्रसारका साथै लगानीको पनि आवश्यक रहेको बताए । उनले हाल संघले पनि पर्यटक भित्र्याउनकै लागि लगानी वर्षको धारण अगाडि सारेकोले सबैले यस अभियानलाई साथ दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुर्खेतको सडकमा गाउँदै हिड्ने दृष्टीविहीन कलाकार मइतुराम नेपालीलाई इन्द्रणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलको समन्वयमा अमेरिकास्थीत एकजना नेपालीले पठाएको ५ हजार रकम सहयोग वापत प्रदान गरिएको छ । कार्यक्रमा सुर्खेतका वरिष्ठ कलाकारहरु प्रेमदेव गिरी, कुलमान नेपाली, मनु मन्दिर लगायतका कलाकारहरुले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि साँस्कृतिक कार्यक्रममार्फत प्रभावकारी हुने बताए ।
उक्त अवसरमा कंडेलले यस क्षेत्रमा पुगेका सबै ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी पर्यटन प्रवद्र्धनको सन्देश दिन कार्यक्रम इन्द्रणीको लागि छायाँकन् गरी लगेका छन् ।