विद्यार्थीहरुको आमरण अनशन प्रति गम्भीर ध्यान आकर्षण (प्रेस विज्ञप्ती सहित)


सुर्खेत २२, असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत ईन्जिनियरिङ्ग संकायका विद्यार्थीले विभिन्न ७ बुँदे माग राखि विगत १५ दिनदेखि आन्दोलन गर्दै आएको विद्यार्थी संघर्ष समितिले विश्वविद्यालयले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै उनीहरुले असार २० गते बुधबार देखि आमरण अनशन सुरु गरेका थिए । उक्त आमरण अनसन बाट बिध्यार्थीको स्वास्थ्य प्रति गम्भीर ध्यानाकर्षण गर्दै जिल्ला स्थीत विभिन्न संस्थाहरुले आज संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् ।