सुर्खेत महिला जेसीज बर्ष २०२० उत्कृष्ट शाखा सम्मानित


३ पौष, सुर्खेत । सुर्खेत महिला जेसीज बर्ष २०२० नेपाल भरीका महिला जेसीज शाखाहरुमा उत्कृष्ट जेसीज शाखाको उपाधी जित्न सफल भएको छ ।

बुटवलको भलवारीमा सम्पन्न नेपाल जेसीजको ४७औं राष्ट्रिय महाधिवेशनमा सुर्खेत महिला जेसीज बर्ष २०२० उत्कृष्ट महिला जेसीज शाखाबाट पुरस्कृत भएको बर्ष २०२० का अध्यक्ष प्रमीशाक्यले बताउनुभयो ।

समाजमा सक्रिय यूवाहरुको नेतृत्वदायी भूमिकाहरु निर्वाह गर्दै जेसीजको मिसन, भिजन प्राप्ती गर्न बर्ष २०२० काे राष्ट्रिय प्रकरण “Family, Friends, Future” को मुलधारमा रही नेपाल जेसीज बर्ष २०२० का महिला जेसीज शाखाहरु मध्य सुर्खेत महिला जेसीज उत्कृष्ट शाखाबाट सम्मानित भएको नेपाल जेसीज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकरद्वारा हस्ताक्षरित सम्मान पत्रमा उल्लेख छ ।

स्मरण रहोस सुर्खेत महिला जेसीजले विभिन्न सामाजिक कृयाकलापहरु ट्राफिक जनचेतना, नारीहरुकालागि आत्म सुरक्षा तालिम असाहयहरुलाई सहयोग निशुल्क स्वास्थ्य परिक्षण, बाढीपिडितलाइ सहयोग लगाएका कार्यहरु गर्दै आइरहेको छ ।