
१८ चैत्र, सुर्खेत । यही चैत्र २६ गते हुने सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतको आदेश अनुरुप संघको निर्वाचन स्थगित भएको हो ।
उच्च अदालतका का.मु. मुख्य न्यायाधीस शेषराज सिवाकोटीको एकल ईजलासले दुवै पक्षको भनाई सुनी निष्कर्ष पुग्न उचित देखिएकोले निर्वाचन कार्य अगाडी नबढाउन अन्तरिम आदेश जारी गरेको छ । आदेशमा चैत्र २४ गते छलफलकालागि पेशी तोकिएको छ ।
स्मरण रहोस सदस्यता नवीकरण विवाद हुँदा संघमा असन्तुष्ट व्यापारीहरुले तालाबन्दी गरेका छन् । यता वर्तमान कार्यसमितका केही पदाधिकारीहरुले विधान विपरित सदस्यता नवीकरण गर्न नसक्ने जनाउँदै निर्वाचनको तालिका सार्वजनिक गरेका थिए । तालिका सार्वजनिक भएसंगै असन्तुष्ट पक्षबाट उच्च अदालत सुर्खेतका रिट दायर भएको थियो । रिटमा जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई समेत विपक्षी बनाइएको छ ।
Prawash Kumar Shakya । १८ चैत्र २०७८, शुक्रबार १४:०१ बजे