मुस्ताङमा ट्रिपर दुर्घटना हुदा १९ जनाको मृत्यु


काठमाडौँ । मुस्ताङको  दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा  ट्रिपर दुर्घटना हुँदा १९ जना मजदुरको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

दिउँसो  साढे १ बजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई खान खुवाउन ल्याई फर्काउने क्रममा बा २ क २२१९ नम्वरको ट्रिपर सडक देखि करिव ५० मिटर तल खस्दा ति मजदुरहरुको ज्यान गएको हो । मृतकहरु अधिकांस दाङ्ग र रोल्पाका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गले दिएको जानकारी अनुसार मुस्ताङ्गको लो–घेकर दामोदर कुण्डा गाउँपालिका वडा नम्वर ३ स्थित स्याङवोछे भन्ने स्थान र घिलिङ्ग गाउँका बीचमा पर्ने स्थानमा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा क्रमशः रोल्पाका १९ वर्षीय महेश रोका, ३२ वर्षीय रामकुमार पुन, ३२ वर्षीय सन्तु घर्ती र २८ वर्षीय सुकमान रोका रहेका छन् । त्यस्तै दाङ्गका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर,  ४३ वर्षीया शान्ति थापा,  ३२ वर्षीय सुवेर चौधरी, २५ वर्षीय कमल बुढा, धादिङ्गका २३ वर्षीय सुजन घलान, सिन्धुलीका २० वर्षीय जीवन माझी,  कैलालीका २२ वर्षीया विनिता थापा, कपिलबस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्गजाका २४ वर्षीय कृष्ण क्षेत्री रहेका छन ।

त्यस्तै उपचारका लागि जोमसोङ्ग लैजाने क्रममा रोल्पा कै ३६ वर्षिय मौसम घर्तीको मृत्यु भएको छ ।  यसअघि मृत्यु भएका १८ जना मध्ये रोल्पाकी ३१ वर्षीया जितमाया घर्तिको पनि घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले अहिले पुष्टी गरेको छ ।   थप मृत्यु हुनेहरुमा २० वर्षीया सिर्जना घर्ती र २३ वर्षीय राष्ट्रे रोका रहेका छन् ।

घाईतेहरुको उपचारका लागि सदरमुकाम जोमसोङ्ग जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट सदरमुकाम ५० किलो मिटर दुरीमा पर्छ ।

अविरल वर्षाका कारण सडक ठाउँ ठाउँमा पहिरो गएको छ । त्यस कारण छिटो उनीहरुलाई अस्पताल पुराउन नसकिएको प्रहरी बताउँछ ।

ती मजदुरहरु विरुवा कन्ट्रक्शन प्रा.लि. मार्फत मुस्ताङ्गको त्यस स्थानमा सडक निर्माण कार्यमा पुगेका थिए ।

साभारः रातोपाटी ।