
२२ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट सुर्खेत सभाहलको पहिलो चरणको उद्घाटन गरिएको छ ।
नेपाल सरकारका शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एक समारोहका वीच उद्घाटन गरि वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुबेदीलाई हस्तान्तरण गर्नुभएको हो । सभाहलको उद्घाटन गर्दै मन्त्री झाँक्रीले यो सभाहल प्रयोग गर्नकालागि मोडालिटी बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो सभाहल सञ्चालन भएसंगै यहाँको व्यावसाय, पर्यटनमा बृद्धी हुने हुँदा सफल भएको यो गौरवको आयोजनालाई चलाएमान बनाउन सबै किसिमका प्रदर्शनी लगाएत कार्यक्रमहरु गर्नुपर्नेछ .।”

त्यस्तै कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य महासंघका महासचिव लक्ष्मण कँडेले शहरी विकास संगसंगै सबै किसिमका कार्यक्रमहरु गर्नकालागि प्रदेशले एउटा गहना पाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “यो सभाहलको निर्माणले कर्णाली प्रदेशले कार्यक्रम गर्नकालागि ठूलो ठाँउ पाएको छ त्यसैले यसलाई चलाउन सबैको मुख्य भूमिका रहन्छ ।”
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुबेदीले वीरेन्द्रनगर नगरबासीले उठाएको एउटा मुद्दा जितेको अनुभव भएको बताउनुभयो । उहाँले यो अभियानमा लागि पर्ने सम्पूर्ण राजनितिक दल लगाएत आम सुर्खेतीबासीहरुको साझा प्रयासलाई संघीय सरकारले पूरा गरेको छ ।



Prawash Kumar Shakya । २२ पुष २०७८, बिहीबार १८:२५ बजे