पानी माग्दै पुजाअर्चना


३० असार, सुर्खेत । बर्षातको समय अधिराज्यभर भारी बर्षाका कारण ठुला–ठुला क्षतीहरु भएका समाचार दैनिक पत्रपत्रिकामा पढ्ने गरेका हामीले पाएका छौं । त्यसमा पनि बर्षातको महिना भनेर चिनिने असार महिनाको ३० गते भई सक्दा पनि सुर्खेत जिल्लामा बर्षा नभए पछि यहांका जनताहरु चिन्तीत हुन थालेका छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नंं.९ पातलगंगाका स्थानिय कृषक टम चौधरी भन्दछन् ,पानी नपर्दा गर्मि धेरै बढ्को त छ तर, आकाशबाट पानी नपर्दा हाल सम्म कुलोलाग्ने खेतबाहेक अन्य खेतहरुमा रोपाई गर्न पाईएको छैन्, उनी भन्दछन् केहि दिन सम्म पनि मौषम यस्तै रहनेहो भने रोप्ने भनेर राखेको खेतको धान वीउ सुक्ने नै भयो खेतमा समयमा नै रोपाई नहुदा भोगमारी समेत हुने डरले सताई रहको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्षाको समयमा पनि पानी नपरेपछि नगरपालिकाको ९नं वडा पातालगंगा स्थित गणेशजल मन्दिर थानमा पानी माग्दै आज भेडाको बलि दिइ पुजा अर्चना गरिएको छ ।

स्थानिय बुद्धिजीवि, समाजसेवी एवंम् अधिवक्ता धु्रवकुमार श्रेष्ठका अनुशा पहिला–पहिला यसरी बर्षाको सयमा पानी नपर्दा पातलगंगा स्थीत कुवामा गएर पुजा गर्दा पानी पर्दछ भन्ने जनविश्वास अनुशार पुजा गर्नै र पानी माग्ने प्रचन रहेका बताउनु भयो । पातलगंगा स्थीतको बिशेषतका बारेम उहां भन्नु हुन्छ पानी नपरेको बेला मात्र नभई कसैको बच्चा–बच्चि नहुदा उक्त कुवा गएर नुहाएमा बच्चा–बच्चिने हुने बिश्वासका साथ नुहाउने प्रचलन गरको बताउनु भयो ।

शनिवार(आज) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्षाको समयमा पानी नपरेपछि नगरपालिकाको ९नंका स्थानिय वासीले पातालगंगा स्थित गणेशजल मन्दिरको थानमा भेडाको बलि दिइ पुजा अर्चना गर्दे पानी मागेका छन् ।

अर्काे रोेचक घटना पहिला पहिला यस स्थानमा ब्राहम्णले पुजा गर्ने प्रचरण रहेता पनि यस पटक धेरै स्थानमा पुजा गर्ने ब्राम्हण र थारु जातीको गुरुवालाई पुुजाको लागी आग्रह गर्दा उहांहरुले यहां पुजा गर्दा हामी मर्दछौं भन्ने डरले पुजा गर्न नमान्दा स्थानिय प्र्रेमबहादुर वलीले पुजा गर्नु भएको हो ।