सरकारले पर्यटन सम्बन्धि नीति सहज बनाउँछ–मन्त्री बुढा


असार २३, सुर्खेत ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेश सरकारले नीति सहज बनाउने तयारी गरीरहेको जानकारी दिनुभएको छ । प्रदेशको पर्यटन विकासका बिषयमा सरकारले नीति सहज बनाउने तयारी गरीरहेको जानकारी दिनुभएको हो ।

नेपाल पर्यटन बोर्डको आ.ब. ०७५÷०७६ को बजेट तथा कार्यक्रम सम्बन्धि सुर्खेतमा आज आयोजीत अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री बुढाले नीजि क्षेत्रसँग सहकार्य गरेर कर्णाली प्रदेशलाई पर्यटन गन्तब्यका रुपमा विकास गर्न सरकार लागि परेको बताउनु भयो । उहाँले अहिले पूर्बाधार विकासमा सरकार केन्द्रित भएको भन्दै आन्तरीक भन्दा बाह् पर्यटक भित्र्याउने गरी प्रदेश सरकार लागि परेको समेत बताउनुभयो । केही अनुभव समेट्दै आगामी दिनमा थप प्रगति हुने भन्दै मन्त्री बुढाले केही चुनौती भएकाले सो को समाधानका लागि सबै पक्षले सकारात्मक सहयोग गर्न पनि सुझाउनुभयो । कर्णाली रारा पर्यटन बर्ष २०७५ सँगै कर्णाली प्रदेशका दशवटै जिल्लाका ऐतिहाँसीक, धार्मीक पर्यटकिय क्षेत्रहरुको पहिचान गर्ने काम पनि हुने बिस्वास ब्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य कृष्णकुमार अर्यालले नीतिले सरकार चल्ने हुँदा नीति सहज बनाउन सरकारलाई आग्रह गर्नुभयो । नीति सहज नभए पर्यटनको विकास असम्भव हुने भन्दै अर्यालले कर्णाली प्रदेशले पर्यटनका क्षेत्रमा भएका नीतिगत समस्याहरुलाई हल गरी सातवटै प्रदेशलाई मार्गनिर्देशन गर्न कर्णाली प्रदेशलाई आग्रह गर्नुभयो । पर्यटकलाई जबर्जस्ति तान्ने भन्दा उनीहरुलाई आफै आउने बातावरण निर्माण गर्नु पर्नेभन्दै सदस्य अर्यालले टिकटमा भएको बिभेदकारी मूल्य अन्त्य गरी सबैलाई समान गराउनु पर्ने सुझाव दिनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले कर्णाली रारा पर्यटन बर्षको घोषणा र पूर्वाधार विकासमा देखाएको अग्रसरताले कर्णाली प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउनुभयो ।

कार्यक्रममा बोर्डका हिक्मतसिंह ऐरले शौचालय, हरीयो र सफा शहर, जलक्रिडा, स्थानिय खाना र स्थानिय सँस्कृति, टाफिक सहजता लगायतका कार्यक्रमहरु बोर्डले सञ्चालन गर्ने जानकारी दिनुभयो । कर्णाली प्रदेशमा टुरिष्ट इन्फरमेशन सेन्टर स्थापना लगायतका पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमहरु सञ्चालन गरीने योजना सार्बजनिक गर्नुभयो ।