नगरपालिकाको नगरबासीमा अपिल “सोह्र श्राद्धमा पुरोहित नबोलाऔं”


१६ भाद्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले नगरमा समुदायस्तरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा सोह्र श्राद्धको समय पनि भएको हुँदा नगरबासीमा पुरोहितलाई घरमा नबोलाइ पितृहरुलाई श्रद्धासुमन अर्पण गर्न अपिल गरेको छ ।

अपिलमा जजमानी गर्नुहुने पुरोहितहरुलाई समेत घरघरमा नजान अनुरोध गरिएको छ । यदी कसैले जमघट पुजाआजा र पितृकार्य गरेको पाइएमा पुरोहितलाई क्वारेन्टिनमा राखिने र पुजाआजा गर्ने घरलाई शील गर्ने र ७ दिनपछि कोरोना परिक्षण गरेर समाजमा घुलमिल हुन दिने र परिक्षणमा लाग्ने शुल्क पनि व्यवहोर्नुपर्ने जनाइएको छ ।

साथै अपिलमा नगरबासीलाई अतिआवश्यक काम भन्दा अरुवेला घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ । साथै नगरपालिकाका सबै टोलहरु समेट्ने गरि वडाको समन्वय र मतहतमा रहने गरि ५/५ जनाको “सुरक्षित म र मेरो समुदाय” निगरानी समूह खडा गरिने जनाइएको छ ।