१७ बुदे सहमति सहित आमरण अनशन तोदियो (हस्ताक्षरित सहमती पत्र सहित फोटो फिचर)


नेविसंघ इन्जिनियरिंग कमिटि मपविवि का सभापति राजन केसीको हातबाट जुस पीएर अनसन तोर्दे रोशन बस्नेत ।

मिलन श्रेष्ठ
सुर्खेत २४ आषाढ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत ईन्जिनियरिङ्ग संकायका विद्यार्थीले विभिन्न ७ बुँदे माग राखि विगत १७ दिनदेखि आन्दोलन गर्दै आएको विद्यार्थी संघर्ष समितिले विश्वविद्यालयले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै उनीहरुले असार २० गते बुधबार देखि आमरण अनशन सुरु गरेका थिए ।

हुम्लाका २५ बर्षिय आन्दोलनरत बिधार्थी रत्न शर्मालाई जुस खुवाएर अनसन तोदाउदै डिन डा.गोविन्द लामिछाने ।

आमरण अनशनमा रहेका स्थाीय दैलेख जिल्ला हाल वीरेन्द्रनगर नगरपालिका वडा नं.०१ बस्ने २१ बर्षिय रोशन बस्नेत अवस्था गम्भिर हुदै गएपछि आज(आईतबार) ४ः४५ बजे सहमित पत्रमा हस्ताक्षर पश्चात देउती अस्पतालको आईसियूमा भर्ना भएका बिधार्थीहरुलाई जुस खुवाएर आमरण अनशन तोदेका थिए । ।

वीननपा–०९का २० बर्षिय आन्दोलनरत बिधार्थी मिलन विसीलाई जुस खुवाएर अनसन तोदाउदै डिन डा.गोविन्द लामिछाने ।

विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीहरुविच आइतबार भएको वार्तामा विद्यार्थीका मागहरु सम्बोधन गर्ने सहमतिसँगै विद्यार्थीले अनसन तोडेका हुन् ।

कस्तो छ त  ? १७ बुदे हस्ताक्षरित सहमती पत्र ।

विभिन्न ७ बुँदे माग राखेर २१ दिनसम्म अान्दोलन गर्दापनि प्रशासनले वास्था नगरेपछि रोशन बस्नेत, रत्नकुमार शर्मा र मिलन ६ दिनदेखि आमरण अनसनमा थिए ।

स्वास्थ्य अवस्था कमजोर भएपछि देउती अस्पताल वीरेन्द्रनगरमा उपचार गराइरहेका उनीहरूलार्इ इन्जिनियरिङ्ग संकायका डीन गोविन्द लामिछानेले जुस खुवाएर अनसन तोडाएका थिए ।

इन्जिनियरिङ हाइड्रोपावरको पाठ्यक्रम तयार गरी चौथो सेमेस्टरको परीक्षाअघि पाठ्यक्रम उपलब्ध गराउने, इन्जिनियरिङ संकायको तीन महिनाभित्र प्रयोगात्मक ल्याबको व्यवस्थापन गर्ने, पुस्तकालयका आवश्यक पुस्तकहरु उपलब्ध गराउने, विषयगत शिक्षकहरुको व्यवस्थापन गर्ने र इन्जिनियरिङ संकायका विद्यार्थीहरुको पठनपाठनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि छुट्टै भवन भाडामा लिएर पठनपाठन गर्ने निर्णय भएको छ ।

यस्तै विद्यार्थीहरुलाई छात्रवित्तिका लागि पीछडिएको क्षेेत्र, दुर्गम, महिला, दलित जनजाति, गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवित्ति प्रदानका लागि सम्भाव्यता अध्ययन गर्न इन्जिनियरिङ संकायका डीनको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

इन्जिनियरिङ संकायका कार्यक्रमहरुलाई मुसुमको जस्तै प्रणालीमा सञ्चालन गर्नका लागि सञ्चालन गर्न डीन गोविन्द प्रसाद लामिछानेको संयोजक्तवमा तीन सदस्यीय समिति पनि गठन गरिएको छ ।

विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक, आर्थिक, प्रशासनिक, पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि आत्मनिर्भर भए विकेन्द्रिकरणतर्फ लैैजाने निर्णय गरिएको छ ।