लाटीकोईली स्वास्थ्य चौकिमा डाक्टर सहितको सेवा सुचारु


सुर्खेत, २८ आषाढ । सेवा प्रारम्भ गर्नु भन्दा उक्त प्रारम्भ गरेको सेवालाई निरन्तरता, दिगो पन दिनु मुख्य कुरो रहेको वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनु भएको छ । बिहिबार वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ स्थीत स्वास्थ्य चौकीमा आयोजना गरिएको डाक्टर सहितको सेवा सुचारु कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुवेदीले यस क्षेत्रका बिरामीहरु डाक्टर भन्दा पनि धेरै जानकारी रहेको बताउनु भयो, सुवेदीले यस क्षेत्रमा बसोवास गर्ने धेरै बिरामीहरु डाक्टरकोमा चेक–जांच गर्न जांदा बिरामीहरु आफैले डाक्टरहसंग मलाई यो समस्या छ, यो औषधी दिनुहोस् भनि माग्ने गरेको बारेमा जोड दिदै मानिस जति शिक्षित भएता पनि सिंगो समाजका लागी स्वास्थ्य शिक्षा महत्वपूर्ण रहेको बताउनु भयो ।


लाटीकोईलीमा आज उद्घाटन गरिएको कार्यक्रममा, यो शुरुवात अवस्था भएको र डाक्टर सेवा कार्य सहित व्यवस्थापन पक्षमा क्रमिक रुपमा सुधार्दे लैजाने बताउनुका साथै जिल्लामा अवस्थित क्षेत्रिय अस्पताललाई बिशेषज्ञ सहितको क्षेत्र बनाउने कार्य योजना रहेको हुदा, प्रत्येक वडा कार्यहरुमा सुविधा सम्पन्न स्वास्थ्य चौकि स्थापना गर्ने समेत बताउनु भयो ।
बिकासको पहिलो पूर्वाधार स्वास्थ्य भएको कुरा कार्यक्रमका बिशेष अतिथि वीरेन्द्रनगर नगरपालिका उप–प्रमुख मोहनमाया ढकालले, बताउनु भयो । बिगत केहि समय यता कर्णाली प्रदेशको राजधानिमा निर्मित क्षेत्रिय अस्पतालमा दिनानुदिन बढ्नो चांप संगै सर्वसाधारण चाहेको बेला उचित सेवा सुविधा नपाईरहेको अवस्थामा
यसरी डाक्टर सहित सेवा कार्य संचालन गरेकोमा खुशी व्यक्त गर्दे ढकालले यस क्षेत्रबाट महिलाहरुलाई प्रत्यक्ष रुपमा सेवा पुग्ने र प्रायः महिलाहरु नै लाभावित हुने कुरा बताउनु भयो ।


वीरेन्द्रनगर नगरिपालिका वडा नं.०९का अध्यक्ष सुरेशमानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा, अतिथिहरु समाजसेवी ध्रुबकुमार श्रेष्ठ, शिबमाविका व्यवस्थापक अध्यक्ष एवंम् समाजसेवी डम्मरबिक्रम जि.सी., शिबमाविका प्र.अ. चन्द्रलाल सापकोटा, शिक्षक संघका पूर्व अध्यक्ष एकदेव गिरी, स्वास्थ्य चौकिका प्रमुख जीवराज आचार्य, डाक्टर सागर ढकाल लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।


वीरेन्द्रनगर नगरपालिकका वडा नं.०९का सचिव देव मुलेलले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ वासी ७८ बर्षिय लक्षिमा उपाध्यायको स्वास्थ्य परिक्षण गरी डाक्टर सागर ढकालले सेवाको विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो ।
समाजसेवी डम्मर बिक्रम जिसीले २०२२ सालको यस उपत्यका बसोवसा भए संगै २०३४ सालमा यस स्वास्थ्य चौकिको स्थापना भएको र हाल सम्म चौकिले सेवा सुविधा दिदै आएको जानकारी दिनु भयो यसै गरी सिनियर अहेब धनप्रसाद देवकोटाले हाल उक्त स्वास्थ्य चौकिमा ६ जना स्थाई दरबन्दीमा, ३ जना स्थानिय व्यवस्थापनमा र १ जना
आमा सुरक्षा कार्यक्रम अन्तर्गत प्रसुति सेवामा गरी कुल १० जना कर्मचारीहरु कार्यरत रहेको जानकारी दिनु भयो ।