सतक रक्तदाता कर्माचार्य सम्मानित


९ भाद्र, काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं  “रक्तदाता सम्राट्”  तथा “राष्ट्रिय रक्त नायक” स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा नेपाल इलेक्ट्रिसियन संघ र इगल मेनपावर कन्सलटेन्टबाट संयुक्तरूपमा आयाेजित विशेष रक्तदान तथा सम्मान कार्यक्रम एक समारोह बीच भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाश कुमार दाहाललाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियो । महिला तथा पुरूष गरि ४५ जनाले रक्तदान गर्नुभएको कार्यक्रममा सतक रक्तदाता कर्माचार्यलाई सम्मान-पत्र प्रदान सम्मान गरिएको थियो ।

राधेश्याम फुयाँलकाे संयाेजनमा आयाेजित साे कार्यक्रममा सभापति नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाशकुमार दाहाल कृष्ण ढकाल, अनिल भण्डार, रेशम देवकोटा दिबेशकुमार  जैन लगाएतले आआफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका सभापति एवं नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाशकुमार दहालद्वारा प्रमुख अतिथि सतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको थियो ।