अब कुनै पनि जिल्ला प्रहरी प्रमुखको नम्वर सजिलै थाहा पाउन सकिने


नेपाल प्रहरी तथा फोकस वन प्राइभेट लिमिटेड जावलाखेलबीच भएको सम्झौता अनुसार माघ ५ गतेदेखि Interactive SMS Systemको प्रयोगबाट कुनै पनि जिल्ला प्रहरी कार्यालयको प्रमुख तथा ड्युटी अधिकृतको सम्पर्क नम्वर सजिलै थाहा पाउन सकिने भएको छ ।
 
जिल्ला प्रहरी कार्यालयको सम्पर्क नम्वर थाहा पाउन सम्बन्धीत जिल्लाको नामको अंग्रेजी पहिलो चार अक्षर टाईप गरी ४३२१ मा सम्प्रेषण गर्ने । जिल्ला प्रहरी कार्यालय काभ्रेको सम्पर्क नम्बर थाहा पाउन NP<space> काभ्रे kavre जिल्लाको अंग्रेजी पहिलो चार अक्षर KAVR टाईप गरी ४३२१ मा सम्प्रेषण गर्नु पर्ने प्रहरीले जनाएकाे छ ।
 
यसैगरी महानगरीय प्रहरी परीसर काठमाडौको सम्पर्क नम्बर थाहा पाउन NP<space>  काठमाडौं  जिल्लाको अंग्रेजी पहिलो चार अक्षर KATH टाईप गरी ४३२१ मा सम्प्रेषण गर्ने ।
 
नेपाल प्रहरी तथा फोकस वन प्राईभेट लिमिटेड जावलाखेलबीच सम्झौता भएअनुसार गत पुस २३ गतेदेखि नेपाल प्रहरीमा प्रथम पटक Interactive SMS System  सुरु गरिएको हो । खुल्ला प्रतियोगिताद्धारा पदपूर्तिको निमित्त लिईने विभिन्न चरणका नतिजाको जानकारी एसएमएसबाट सजिलै नतिजा थाहा पाउन सकिने तरिका यसप्रकार छ –
        प्रहरी जवान पदको परीक्षाको नतिजा थाहा पाउन –
NP<space>PC<space>Serial Number  टाईप गरी ४३२१ मा सम्प्रेषण गर्ने 
साभारः सेतोपाटी डटकम