सुर्खेतमा विधुत सेवा आइतवार सम्म नियमित नहुने


३० असार, l सुर्खेत क्षेत्रको विधुत आपूर्ति आइतबार सम्मका लागि अनियमित हुने नेपाल विधुत प्राधिकरण सुर्खेतले जनाएको छ ।

कोहलपूर सबस्टेशनमा रहेकोमा रहेका २ वटा १३२/३३ केभी ३० एमभिएको पावर ट्रान्सफर मध्य १३२ केभी साइड ब्रेकरमा समस्या आएकोले गर्दा विधुत सप्लाईमा अनियमिता हुने प्राधिकरण सुर्खेतले जनाएको हो ।

समस्यालाई आइतवार सम्म समाधान गरि सक्ने र त्यसपछि विधुत नियमित हुने प्राधिकरण सुर्खेतका कार्यालय सहायक दिपक चालिसेले बताउनुभयो ।