सामान्य मास्कको भरमा प्रहरीको डिउटी


 मिलन श्रेष्ठ

२३ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड १९ ) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लडकडाउन गरेपछि अहिले दिनरात प्रहरी डिउटीमा खटिएका छन ।

अधिकाँस प्रहरीको हातमा ग्लोब्स छैन भने केही प्रहरीले मास्क समेत नलगाइएको पाइएको छ । सर्जिकल मास्क भन्दा पनि समान्य कपडाको मास्कको भरमा डिउटीमा खटिएका छन् प्रहरी । सुर्खेतका अधिकाँश नेपाल प्रहरी नै डिउटीमा खटिएका छन । वीरेन्द्रनगरमा शसस्त्र प्रहरी पनि डिउटीमा छन । वीरेन्द्रनगरमा मात्रै १ सय ६० जना प्रहरी र ६० जना शसस्त्र प्रहरी पालो अनुसार डिउटीमा खटिने गरेका छन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी गोपाल रायमाझीले आफुहरुले सकेसम्म सावधानी अपनाई सुरक्षित रुपमा डिउटी खटिएको बताउनुभयो । उहाँका अनुसार डिउटीमा खटिने सुरक्षाकर्मीलाई एक वटा स्यानिटाइजर, ग्लोब्स र मास्क उपलब्ध गराइएको छ । तर त्यो प्रर्याप्त नहुने उहाँको भनाई छ ।

बेला बेलामा परिवर्तन गरिहरनु पर्ने भएकाले पनि अभाव हुन सक्ने उहाँले बताउनुभयो । प्रहरी कार्यालय र विभिन्न संघसंस्थाले डिउटीमा खटिएका प्रहरीलाई मास्क, ग्लोब्स, स्यानिटाइजर उपलब्ध गराउने गरेका छन । प्रहरी प्रहरीबिच दुरी कायम गर्ने, चेकजाँच गर्दा ग्लोब्स लगाउने, सेनिटाइजर लगाउने गरिएको उहाँले उल्लेख गर्नुभयो ।